मोबाइलले निम्त्याउन सक्ने समस्या यस्ता छन् ः
– के तपाईंले दिनभरको क्रियाकलापपछि राती सुत्दा घाँटीको पछिल्लो भागमा दुखाइको महसुस गर्नुभएको छरु यदि छ भने तपाईंलाई ‘नेक सिन्ड्रोम’ भएको हुन सक्छ । हामी मोबाइल फोन चलाई रहँदा लगातार निहुरी रहेका हुन्छौं । जसबाट यसले हाम्रो घाँटीमा रहेको पछिल्लो भागमा रहेको हाड यताउता नभई एकैनासले एकै टाउँमा मात्रै रहिरहने हुन्छ । यसले व्यक्तिको पछिल्लो भागमा दुखाइको पैदा गराउने गर्छ । र, यति मात्र नभई कालान्तारमा गएर व्यक्तिमा यसै कारणले गर्दा कुप्रोपनको समस्या पनि देखा पर्न सक्छ । त्यसकारण हामीले मोबाइल चलाउदा सकेसम्म निहुरिएर चलाउनु हुँदैन ।
– अत्याधिक मोबाइल फोनको कारणले गर्दा जसरी हामीलाई नेक सिन्ड्रोमको समस्या देखा पर्दछ, त्यसरी नै यसले हाम्रो शरीरको काँधमा समस्या पैदा गर्ने हुन्छ । सामान्यतयाः मोबाइल हातमा लिएर कानमा राख्दा शरीरमा खासै प्रभाव तुल्याउने जस्तो नदेखिएतापनि यसले हाम्रो शरीरको सामान्य अवस्थाको पोजिसन बिगार्ने हुँदा काँधमा दुखाइको समस्या देखिन जान्छ ।
-म्यासेज तथा स्क्रोलिङबाट आथ्रिटिसको भय आवश्यक समयमा मात्रै नभई काम नभएको समयमा पनि लगातार मोबाइल फोनको प्रयोग गरिरहन्छौं । केही काम नहुँदा पनि मोबाइलमा स्क्रोलिङ र म्यासेज मात्रै गरिरहने गर्छौ । मोबाइल फोनमा यस्ता गतिविधि गरिरहँदा कमैले सोचेका हुन्छन्, यसबाट उनीहरुलाई आथ्रिटिसको सम्भावना हुन्छ भनेर । आथ्रिटिस भन्नाले लगातार मोबाइल हातले चलाइ रहने क्रममा हातको पञ्जाको पछाडिको भागको हाडहरु बाङ्गिने र फलस्वरुपः हातमा असामान्य रुपमा डल्लाहरु देखा परी दुख्ने सम्भावना उच्च रहन्छ । त्यसैले हामीले मोबाइल फोनको प्रयोग आवश्यक भएमा मात्रै गर्नुपर्दछ ।
– लगातार मोबाइल फोनको प्रयोगले निम्त्याउँन सक्ने अर्को समस्यामध्ये ‘क्युबिटल टनेल सिन्ड्रोम’ पनि एक हो । ‘क्युबिटल टनेल सिन्ड्रोम’ भन्नाले शरीरको कुहिना सम्बन्धि समस्या भन्ने जनाउँछ । एकैनासले मोबाइल प्रयोग गरिरहँदा यसले माथिका अन्य सिन्ड्रोमजस्तै यसले कुहिना सम्बन्धि पनि समस्या पैदा गर्दछ । जसबाट हात सिधा गर्नमा समस्या पर्ने हुन्छ ।
-प्रायजसोः सबै व्यक्तिहरुले आफ्नो रातीको खानापश्चात्, ओछ्यानमा गएर मोबाइलको प्रयोग गर्ने गर्दछौं । राति बत्ती सबै निभाएपछि हामी मोबाइलको प्रयोग गर्ने गर्दछौ । त्यसबेला मोबाइलमा प्रयोग गरिएको लाइटको कारण ब्यक्तिको आँखामा क्षति पुग्न गई यसले आँखाको द्रव्य दृष्टिमा ह्रास समेत ल्याउने हुन्छ ।
-धेरैले इन्सोमेनियाको बारेमा सुनेका छौं । हो, अत्याधिक मोबाइल फोनको प्रयोगले पार्ने अर्को प्रभावमध्ये ‘इन्सोमेनिया’ पनि एक हो । इनसोमेनिया भन्नाले निन्द्रा नलाग्ने समस्या भन्ने बुझाउँछ । राती आउने फोन र म्यासेजबाहेक मोबाइलमा भएको निलो रंगको लाइटले पनि निन्द्रा बिगार्ने हुन्छ । प्रत्येक मोबाइल फोनमा ब्लु लाइटको प्रयोग गरिएको हुन्छ । मोबाइल हेर्दा उक्त मोबाइल फोनको ब्लू लाइट आँखाको माध्यमबाट दिमागसम्म जाने हुन्छ । र, यसले हाम्रो निन्द्राको स्नायुलाई असर पारी निन्द्रा नलाग्ने हुन्छ ।