• आश्विन ४ २०८१, शुक्रबार

बडिबिल्डर खेलाडी प्रकाश राईको निधन

आश्विन २ २०८१, बुधबार

आश्विन २, विराटनगर । शारीरिक सुगठनका राष्ट्रिय खेलाडी प्रकाश राईको बुधबार निधन भएको छ । पाँचौं खुला मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिताका विजेता राईको बुधबार निधन भएको हो ।

मोरङको पथरी–शनिश्चरे नगरपालिका–१ निवासी राई गत शनिबार काठमाडौंको दशरथ रंगशालाको कभर्ड हलमा सम्पन्न प्रतियोगिताका विजेता थिए ।

मोरङको ‘फोनिक्स फिटशाला’ बाट सहभागी बन्न उनी काठमाडौं आएका थिए । टोखा नगरपालिका–६ स्थित ग्रीनल्यान्ड होटलमा बस्दै आएका उनी बुधबार बिहान ६ बजेतिर अचानक लडेका थिए ।

उपचारका लागि नजिकैको ग्रान्डी अस्पताल लगिए पनि चिकित्सकले उनलाई मृत घोषित गरेको पारिवारिक स्रोतले जनाएको छ ।उनको निधनको कारण खुलिनसकेको प्रहरीले जनाएको छ । प्रहरी वृत्त महाराजगन्जले घटनाबारे अनुसन्धान सुरु गरेको छ ।