• मंसिर ११ २०८१, मंगलवार

हावाहुरीले मकैबालीमा क्षति

श्रावण ३२ २०८१, शुक्रबार

मान्म (कालीकोट), ३२ साउन । बिहीबार रातिको वर्षासँगै आएको हावाहुरीले यहाँको शुभकालिका गाउँपालिका–१ छाती गाउँका स्थानीयले लगाएको मकैबालीमा क्षति पुगेको छ । हावाहुरीले एक सय ३३ घरधुरीले लगाएको मकैबालीमा क्षति पुगेको हो । पाक्ने बेलाको मकैमा हावाहुरीले क्षति पुर्याएको स्थानीय जवानसिंह सुनारले बताए ।

“यहाँ धानखेती हुँदैन । यहाँको मुख्य बाली मकै हो”, उहाँले भन्नुभयो, “हावाहुरीले मकै बाली नष्ट भएपछि किसान भोकमरी हुने चिन्तामा छन् ।” अहिलेसम्म यहाँका किसानले कृषि बीमा गरेका छैनन् । यहाँको प्रमुख बाली मकै भएकाले हावाहुरीले ठूलो क्षति पुर्याएको शुभकालिका गाउँपालिका–१ का वडाध्यक्ष वीरबहादुर रामजालीले बताए ।

“हावाहुरीले मकै बालीमा ठूलो क्षति पुगेको छ”, उहाँले भने, “क्षतिका बारेमा गाउँपालिका तथा विपद् व्यवस्थापन कार्यालयलाई पनि जानकारी गराइएको छ ।”