• फाल्गुन २४ २०८२, आईतवार

पाठेघर खस्ने समस्याका कारण र यसको रोकथाम

असार २८ २०८१, शुक्रबार

पाठेघर खस्ने समस्याका कारण यस्ता छन्ः

१.स्वास्थ्य संस्थामा प्रसूती नगराउनु।
२.बच्चा वा साल निकाल्न बेस्सरी पेट थिच्नु।
३.बच्चा जन्माउँदा पाठेघरको मुख पुरा नखुलिकन बल गर्नु।
४.सुत्केरी अवस्थामा गर्हौं भारी उठाउने र टुक्रुक्क बसेर काम गर्नु।
५.किशोरावस्थामा बच्चा जन्माउनु।
६.धेरै बच्चा जन्माउनु , गर्भान्तर दुई वर्षभन्दा कम राख्नु।
७.गर्भवती वा सुत्केरीले उचित पोषणयुक्त खाना र आराम नपाउनु।
८.धुम्रपान तथा मद्यपान गर्नु।
९.लामो समयसम्म खोकी लागिरहनु वा कब्जियत हुनु।
१०.गलत तरिकाले पटुका बाध्नु।
११.यौन तथा घरेलु हिंसाको सिकार भई प्रजनन् अंगमा प्रभाव पर्नु।

रोकथाम

१.कम उमेरमा बच्चा नजन्माउने।
२.गर्भ निरोधक साधनको प्रयोग गरेर कम्तिमा दुई वर्ष गर्भान्तर राख्ने साथै धेरै बच्चा नजन्माउने।
३.गर्भवती र सुत्केरी अवस्थामा साग,गेडागुडी,दूध,फलफूल ,अण्डा माछा मासु आदि पोषिलो खानेकुरा खाने।
४.स्वास्थ्य संस्थामा सुत्केरी गराउने।
५.गर्भवती र सुत्केरी अवस्थामा गह्रौं भारी नबोक्ने तथा पर्याप्त आराम गर्ने। ६.पेल्भिक व्यायाम तथा हल्का शारीरिक व्यायाम गर्ने।
७.धुम्रपान तथा मद्यपान नगर्ने।
८.पाठेघर खसेको शंका लागेमा स्वास्थ्य परीक्षणमा जाने।
९.लामो समयसम्म खोकी लाग्ने तथा कब्जियत भएमा परीक्षण गराउने।