• मंसिर ११ २०८१, मंगलवार

२८ गते चलचित्र ‘घरज्वाइँ’ले देशभर ५८ वटा हलमा पायो शो

असार २८ २०८१, बिहीबार

काठमाडौँ । चलचित्र ‘घरज्वाइँ’ शुक्रबारबाट प्रदर्शनमा आउँदै गरेको नेपाली फिल्म हो । फिल्मको बुधबार साँझबाट देशभरका मल्टीप्लेक्सहरुमा अग्रिम बुकिङ खुल्ला गरिएको छ । फिल्मले देशभर राम्रो शो पाएको देख्न सकिन्छ ।

अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर अभिनित यो फिल्मले पाएको शो अनुसार फिल्मको ओपनिङ राम्रो हुने अपेक्षा गरिएको छ । देशकै ठुलो मल्टीप्लेक्स चेनले काठमाडौँमा २१ तथा मोफलसलमा ३७ शो फिल्मलाई छुट्टाएको छ ।

त्यस्तै, दोस्रो ठुलो चेन आईएनआईले आफ्नो तीनवटा स्टेसनमा गरी फिल्मलाई १२ शो तथा तेस्रो ठुलो चेन वान सिनेमाजले नयाँ बानेश्वर र कालिमाटी हलमा गरी कूल ९ शो उपलब्ध गराएको छ ।

फिल्मले काठमाडौँका बिग मुभिज, एफक्युब, बिएसआर, विश्वज्योति सिनेमाज, रञ्जना सिनेप्लेक्स, सिके सिनेमाज, कीर्तिपुर सिनेमाज जस्ता मल्टीप्लेक्सहरुमा पनि राम्रो शो पाएको बताइन्छ । ससर्ती हेर्दा फिल्मले देशभर डेढ सय हाराहारी शो पाएको छ ।

तीन सफल फिल्म दिएका दयाहाङ र मिरुनाको जोडी रहेको फिल्म भएकोले पनि ‘घरज्वाइँ’ ले राम्रो शो पाएको हो ।
अनिल बुढामगरको निर्देशनमा बनेको यो फिल्ममा दयाहाङ र मिरुनाको अलावा शिशिर वाङ्गदेल, कविता आले, पुष्कर गुरुङ, बुद्धि तामाङ, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, शिला आले, अनु थापा, बीना थापामगर, विवेश बुढामगर, सोनाम लामा लगायतको पनि अभिनय छ ।

सुसन प्रजापतिको छायाङ्कन रहेको यो फिल्मका निर्माता जनक घर्तीमगर हुन् । फिल्मले मगर समुदायको ‘घरज्वाइँ’ संस्कृतिको कथा भन्छ ।