• मंसिर ११ २०८१, मंगलवार

कृषि अनुदान जनताले हाेइन, दलका कार्यकर्ताले खाएका छन् : कांग्रेस सांसद गाैतम

जेष्ठ २९ २०८१, मंगलवार

ंकाठमाडाैं । नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले सरकारको कृषि परियोजनाको शैली फेर्नुपर्ने बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत ‘कृषि तथा पशुपन्छी विकास मन्त्रालयको खर्च रकमलाई घटाएर एक रुपैयाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव’ गर्दै उनले साना किसानलाई सरकारले हेर्न नसकेको बताए ।

‘प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजनामा किसानले अनुदान पाएका छैनन् । कार्यकर्ताले पाएका छन् । जागिर खुलेमा कार्यकर्ता भर्ती केन्द्र हुन्छ । यो बाटोलाई त्याग्नुपर्‍यो,’ उनले भने ।

कपास विकास समितिअन्तर्गत रहेको १ हजार बिघा जमिनमा कपासको एउटा बोट नभएको उनले बताए । ‘१ हजार बिघा जमिनमा सबैले राजनीति गरेका छौँ । एग्रिकल्चर पोलिटेन्किट रूपमा विकास गर्न सकेको भए कषिमा आत्मनिर्भर बन्ने बाटोमा लाग्न सकिन्छ,’ उनले भने ।