जेठ, दाङ । ‘यतिको उमेरमा यति धेरै गर्नु एकदमै राम्रो हो’, निर्णायकहरुले ६ वर्षीया कृतिका पौडेलको नृत्यलाई टिप्पणी गर्दै भने, ‘एकदमै एनर्जेटिक र रमाइलोले तान्यो ।’ उहाँ नाचुञ्जेल भिंग्रेली रिसोर्टको हल हुटिङले गर्माएको थियो । ठेलमठेल कोचिएका दर्शक निकै उत्सहित देखिन्थे ।
वर्ष १० की रोजीका बुढामगर भावुक मुडमा मञ्चको कुनामा थुपुक्क बसेपछि हल शान्त भएर एकोहोरियो । मुखमा क्यामोफ्लाइज गरेको गोरो मुहार तर अभियनमा देखिएको भावुकताले दर्शकलाई निकै तान्यो । उल्टो सुल्टो जिम्नाष्टिक हान्दै जब नाच्न थाल्नुभयो, तब हलमा उत्तेजित भयो ।
‘तिम्रो प्रस्तुति मैले सोच्न पनि सक्दैन’ निर्णायक मण्डलका एकजनाले टिप्पणी गर्नुभयो, ‘यो उमेरमा तपाईंको यति राम्रो प्रस्तुती टिप्पणी गर्न योग्य म छैन ।’
अनुहार कपाल तथा पुरै कपडा पेन्ट गरेर अनिल पौडेल मञ्चमा उक्लिँदा दर्शकहरुले खुब रुचाए । उहाँको अभियनय पनि निर्णाकहरुको नजरमा पर्याे। चारैजना निर्णायकले दामी दामी भन्दै सबैले प्रशंसा गरेका थिए । एक जनाले पुनः मञ्चमा बोलाएर पुरस्कार प्रदान गर्नुभएको थियो । यसरी विभिन्न थरीका नृत्य देखाएर प्रतिस्पर्धीले को भन्दा को कमको सन्देश दिए ।
धेरैजसो प्रस्तुति पछि निर्णाक मण्डलले सुझाव दिने गर्दथे । उनीहरुका अनुसार धेरै राम्रा हुँदाहुँदै सबै नृत्य पूर्ण थिएनन् । गीत अनुसारको पोषाक नलगाएका पनि थिए । कुनै संस्कृतिको गीतमा नाच्दा त्यसको पोषाकमा ध्यान दिनुपर्दथ्यो । नाच्दा नाच्दै दर्शकतिर हेरर लजाई बिच बिचमा नृत्यको कनेक्सन टुटाए । उनीहरुले ठुलो संख्याका दर्शकको डर माने । स्टेज कभर गरेनन्, एक ठाउँमा मात्रै घुमिरहे । निकै फूर्तिलो भएर सुरुवात गरेर बिच्चमा हच्किने गरेका पनि थिए ।
एकैजनाले दुइतिन वटा गीत मिसाउँदा गीत अनुसारको अभियनय र पोषाक मिलाउन सकेनन् । कतिपय निकै फूर्तिलो सित नाचे तर निकै नर्भस मुहार देखाए । तामाङ सेलो गीतमा मगर भेषभूषा लगाएर पनि कमजोरी गरे । अधिकांश नृत्यलाई निर्णायकले कन्फिेडेन्स लेवल बढाउन आग्रह गरेका थिए ।
नृत्य एकदमै राम्रो तर बिच बिचमा झुक्किने र बिराउने गरेका हुन्थे । कतिले स्टेप दोहोर्याए गरे । तिनलाई कोरियो ग्राफ भन्दा दाहोरो मेहनत गर्न सुझाव दिए ।
एमआरडी दाङ स्टुडियोको आयोजनामा शनिवार घोराहीमा दाङ देउखुरी डान्स आइडल एण्ड ट्यालेन्ट सिजन–५ प्रतियोगिता सम्पन्न भएको थियो । त्यस अवसरमा करिब तिन घण्टामा ६० बढि प्रस्तुति देखाइएको थियो । त्यसका निर्णायकहरुमा हेमन्त पाण्डे, नरेन्द्र चौधरी, ग्यारी द विट्स र मनोज श्रेष्ठ हुनुहुन्थ्यो । कार्यक्रम सहजीकरण धिरज देवकरले गर्नुभएको थियो ।