सुख्खा खोकी धुलो, धुवां तथा वातावरणमा भएको हानीकारक तत्वको कारण लाग्ने खोकी हो। यस्ले कुनै खकार उत्पन्न गर्दैन र यसलाई गैर खकार उत्पादक खोकी पनि भनिन्छ ।
सुख्खा खोकीको कारण के हो ?
माथिल्लो श्वास प्रश्वास प्रणलीमा संक्रमण
एलर्जी : नाक बग्ने वा सिंहान आउने।
दम हुने वा श्वास फेर्न गाहो हुने।
सुख्खा खोकीको रोकथामको उपाय
प्रदुषित वायुबाट सकेसम्म बच्ने ।
प्रसस्त पानीको सेवन गर्ने।
आफू बसेको स्थानको हावा ओसिलो बनाउन । यूमिडीफायरको प्रयोग गर्ने ।
दम हुनसक्ने संभावित अवस्थाहरुवाट जोगिने ।
कुनैपनी संक्रमण भएको व्यक्तिहरुवाट जोगिने ।
हातलाई समय समयमा धुने ।
धुम्रपान वा सुर्तिजन्य पदार्थको सेवन नगर्ने ।
सुख्खा खोकीले घांटी, किलकिले र स्वर नली सुन्निन जान्छ ।
यदी ३ हप्ता सम्म पनि खोकी लागिरहेमा तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्दछ ।
खोकी गम्भिर छ भन्ने महशुस भएमा अथवा खोक्दा रगत आएमा,खोकीले गदां श्वास फेर्न गाह्रो भएमा वा छाती दुखेमा,
खोकी श्वास फेर्न गाह्रो वा छाती दुखाइ संग सम्वन्धित केही समस्या भएमा साथै अन्य चिन्ताजनक लक्षणहरु जस्तै तौल घटेमा, आवाज परिवर्तन भएमा वा घाटीमा गाठो आएमा वा घांटी सुन्निएमा तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्दछ ।