• मंसिर १२ २०८१, बुधबार

सार्वजनिक शौचालय प्रयोग गर्दा यस्ता कुरामा विशेष ध्यान दिनुहोस् 

बैशाख २५ २०८१, मंगलवार
काठमाडौं ।  सार्वजनिक शौचालयको प्रयोग धेरैले गर्ने गरेका हुन्छन् ।  तर कतिपयलाई थाहा नहुन सक्छ सार्वजनिक शौचालयको प्रयोगले संक्रमण पनि हुने गर्दछ ।  अझ यस्ता समस्या महिलामा बढी देख्ने गरेको पाइन्छ ।

महिलाले सार्वजनिक शौचालयको प्रयोग गर्दा केही गल्ती गर्दा पिसाबको सङ्क्रमण अर्थात् यूरिनरी ट्याक्ट इन्फेक्शन (यूटीआई), यीस्ट इन्फेक्शन अथवा अन्य स्वास्थ्य समस्याको सामना गर्नु पर्ने हुन्छ ।

कमोड सिट :  कतिपय शाैचालयमा कमाेड सिटकाे प्रयोग गरिएको हुन्छ जसमा ब्याक्टेरिया र भाइरस हुनसक्छ । त्यसैले कमोड सिटमा बस्नु अगाडि त्यसलाई ट्वाइलेट पेपर अथवा ह्यान्ड सेनिटाइजरले सफा गर्नु आवश्यक हुन्छ ।

राम्रोसँग हात नधुने बानी : ट्वाइलेटको प्रयोग गरेपछि साबुन–पानीले कम्तीमा २० सेकेन्डसम्म मिचिमिची हात धुनु पर्छ । यदि साबुन छैन भने ह्यान्ड सेनिटाइजरको प्रयोग गर्नु पर्छ ।

ट्वाइलेट पेपरको प्रयोग : ट्वाइलेट पेपरको प्रयोग गरेर मात्र ट्वाइलेट सिट तल झार्नु पर्छ । फ्लस गर्दा पनि ट्वाइलेट पेपरको प्रयोग गर्नु राम्रो हुन्छ । साथै आफूले लगाएको कपडाले  कमोड सिट  छोइहाल्यो भने पनि त्यसलाई धुनु पर्छ ।

सार्वजनिक शौचालयमा लामा समय नबिताउने : सार्वजनिक शौचालयमा लामो समयसम्म बस्नाले सङ्क्रमणको खतरा पनि बढ्छ । त्यसैले जति सक्दो चाँडो शौचालय  प्रयोग गरेर बाहिर निस्कनु पर्छ ।

शौचालयमा खालि खुट्टा नजाने : सार्वजनिक शौचालयमा खालि खुट्टा हिँड्दा खुट्टामा सङ्क्रमण हुन्छ । त्यसैले सार्वजनिक शौचालयमा चप्पल अथवा जुत्ता लगाएर नै जानु पर्छ ।

सार्वजनिक शौचालयमा निजी सामान नराख्ने: सार्वजनिक शौचालयमा आफ्नो निजी सामान राख्नाले चोरी हुने खतरा हुन्छ । त्यसैले आफ्नो निजी सामान आफूसँगै राख्नु पर्छ ।

साथै, सार्वजनिक शौचालयमा खाने बानी त्याग्ने, सार्वजनिक शौचालयमा मेकअप नगर्ने र शौचालयमा कपाल कोर्ने  बानी त्याग्नु पर्छ  ।