धेरै जसो राति सुतेको बेला अथवा आराम गरिरहेको बेला खुट्टा बाउँडिने गर्दछ । खुट्टाको तिघ्रानिर वा पिँडौलाको मासु पल्टनुलाई खुट्टा बाउँडिनु वा खुट्टा फर्किनु भनिन्छ । विशेषगरी हाडजोर्नीलगायतका रोगले ६० वर्षमाथिका मानिसलाई खुट्टा फर्कने समस्याले सताउने गरेको छ ।
खुट्टा फर्किंदा अत्यन्तै शारीरिक पीडा हुन्छ । प्रायः राति खुट्टा पल्टिने वा बाउँडिनु गदर्छ । पल्टिएको ठाँउमा मासुको डल्लो जम्मा हुनुका साथै दुखाइको महसुस हुन्छ। तिघ्राको मासु पल्टने अवधि केहि समयदेखि धेरै मिनेटसम्म हुने गर्छ। दुखाइ कम भएपछि एकैठाउँ डल्लो परेको मासु ठीक ठाउँमा आउन केही समय लाग्ने गर्छ । सबै उमेरका मानिसहरुमा यो समस्या देखिन्छ । प्रायः अधवैँसे तथा बुढाबुढीहरुमा यो समस्या बढी देखिने गर्छ।
खुट्टा फर्किने वा बाउँडिने समस्याको यकिन कारण भने छैन। विभिन्न कारणले गर्दा यस्तो समस्या देखापर्छ। मानव शरीरमा क्याल्सियम र पोटासियम नामक भिटामिनको कमी हुँदा यो समस्या देखा पर्ने डाक्टरहरु बताउछन् । सामान्यतया निम्न समस्याहरुले गर्दा खुट्टा फर्किने गर्दछ ।
एक्कासी खुट्टा फर्किएमा आराम गर्ने, फर्केका ठाउँमा हल्का हल्लाएर मालिस गर्ने, फर्केका भागमा हिर्काएर भाईव्रेशन दिएमा खुम्चेका मशल तथा नशाहरु १० देखि २० मिनेटमा यथास्थानमा जाने गर्दछ । जसले खुट्टा फर्किने समस्या समाधान गर्न सकिन्छ ।
यसको रोकथामका उपायहरु यस्ता छन्: