शिशुको गर्भवस्थाको बिकाशक्रममा पेट्बाट ज्ञानेन्द्रियसम्मा एउटा बाटो बन्दछ । केटाहरुमा पेटभीत्र बनेको अन्डकोश त्यही बाटो भएर आफ्नो स्थानमा जान्छ, जुन बाटो शिशु जन्मेपछी आँफै बन्द हुन्छ। यदी यो बाटो बन्द नभई सानो छिद्र बाँकी रह्यो भने त्यस छिद्र बाट पेटभित्रको पानी त्यस ठाउमा जम्मा हुन पुगी हाइड्रोसिल बन्दछ ।
अण्डकोष वरिपरि जन्मजात रूपमा पेटको भित्री भित्ता ढाक्ने झिल्ली रहलपहल भयो भने त्यसैबाट पानी जस्तो तरल उत्पादन भई अण्डकोषको थैली भरिने अवस्था हो– हाइड्रोसिल। हर्निया नभएको अवस्थामा पनि हाइड्रोसिल हुन सक्छ। पेटको भित्ताको कमजोर भाग (प्वाल) बाट जब कुनै आन्तरिक अङ्ग (प्रायः आन्द्राको कुनै भाग)बाहिर आउने समस्यालाई हर्निया भनिन्छ। जन्मजात (अम्बिलिकल), ईन्ग्युइनल (पुरुषमा बढीजसो हुने), फेमोरल (महिलामा बढीजसो हुने), ईन्सिजिनल (पेटमा पहिले घाउ बनाइएको ठाउँमा) गरी विभिन्न खालका हर्निया हुन्छन्।
विशेषतः उमेर ढल्केका र गर्मी ठाउँमा काम गर्ने मानिसमा हाइड्रोसिलको समस्या बढी देखिन्छ। थैलोभित्र अण्डकोष यताउति चल्ने क्रममा घर्षण रोक्न थोरै मात्रामा चिप्लो श्राव बन्ने र सोसिने क्रम जारी हुन्छ जसलाई हाइड्रोसिल आउनु भनिन्छ ।
विना कारण हुने हाइड्रोसिलको सुजन नरम, पीडारहित र ठूलो आकारको हुन्छ। यस्तो हाइड्रोसिल बढ्दै जाँदा अण्डकोष छाम्दा भेट्टाउन गाह्रो हुनसक्छ। आकार र तौलका कारण असहज हुने बाहेक दुखाइ नहुने हुनाले यसलाई गम्भीरतापूर्वक लिइँदैन। यस्तो हाइड्रोसिलले पछि रक्तप्रवाहमा दक्खल पुर्याई अण्डकोष नै सुकाउन सक्छ।
प्रभावित व्यक्तिलाई खोक्न लगाउँदा हर्निया भए आकार बढ्छ हाइड्रोसिल भए बढ्दैन। हाइड्रोसिलमा एकापट्टि टर्चलाइट बाल्दा अर्कोतिर उज्यालो देखिन्छ। अण्डकोषको ट्युमर वा हर्निया भए प्रकाश पास हुँदैन। थैलोभित्रको तरल धमिलो छ भने अल्ट्रासाउण्डबाट अन्य कारण खुट्याउनुपर्छ। हर्नियाजस्तै लाग्ने गरी शुक्रकीटवाहिनी नलीको माथिल्लो भागको नजीकमै नरम खालको हाइड्रोसिल हुनसक्छ।
क्यान्सर, चोट वा शिशु अवस्थामा पेटबाट गरिने डायलाइसिसका कारण अण्डकोषमा सेकेण्डरी प्रकारको हाइड्रोसिल हुनसक्छ। कसैकसैमा अण्डकोष झ्रेको प्वाल बन्द नभएर पनि यो समस्या हुन सक्छ। शुक्रकीटवाहिनी नली र अण्डाकोषमा एक्कासी हुने तथा जीर्ण खालको सुजन, अण्डकोष बटारिएर पनि कतिपयमा हाइड्रोसिल हुनसक्छ। हाइड्रोसिल क्यान्सर होइन, तर ट्युमरको आशंका भयो भने क्लिनिकल तवरमा छुट्याउन आवश्यक हुन्छ।
सानै उमेरमा देखिएको हाइड्रोसिल आफैं निको हुन्छ। एक वर्ष वा सोभन्दा पछिसम्म रह्यो भने चाहिं शल्यक्रिया गरेर हटाउनुपर्छ। जेबाउले नामको अपरेशनमा अण्डकोषको थैलीमा सानो घाउ बनाएर त्यसमा भएको तरल पदार्थ निकालेर अण्डकोष वरिपरिको झिल्ली उल्ट्याएर सिलाइन्छ। अपरेशन गरिएको भागमा कोकोनट ब्याण्डेज गर्ने, पीडा भए आइसले सेक्ने गरिन्छ। मापदण्ड पुर्याएर अपरेशन गरे जटिलता देखा पर्दैन। अपरेशन गरेको ४८ घण्टासम्म शल्यचिकित्सकको निगरानीमा रहनु सबभन्दा राम्रो हुन्छ।
ज्यादै ठूलो आकारको हाइड्रोसिललाई सियो हालेर पिसाब जस्तो तरल पदार्थ निकाली केही समय आराम दिलाउन सकिन्छ। उमेर ढल्केका वा शल्यक्रियाको लागि फिट नभएकाहरूको पनि यसरी पानी निकाल्न सकिन्छ, तर यो उपचार अस्थायी हुन्छ। ट्युमरको आशंका छ भने सियो राखेर पानी तान्नुहुँदैन। थैलीमा फेरि तरल भरिन नदिन औषधि दिएर ९स्क्लेरोथेरापी गरेर० सुकाउन सकिन्छ, तर यो पीडादायी हुन्छ।