• मंसिर १२ २०८१, बुधबार

के हो मायोपिया ?यसका लक्षण र उपचार

फाल्गुन २१ २०८०, सोमबार

मायोपिया आँखाको टाढाको दृष्टि कमजोर हुने समस्या हो ।

मायोपिया भएमा टाढाको दृश्य धमिलो देखिन्छ, तर पूर्ण रुपमा नदेखिने भन्ने चाहिं हुँदैन ।स्वस्थ आँखामा बाहिरबाट आएको प्रकाश रेटिना केन्द्रित हुन्छ । तर मायोपियामा आँखाको बल (प्युपिल) को आकार बढ्छ, जसका कारण आँखामा प्रकाश प्रवेश गर्दा रेटिनामा केन्द्रित हुनुको सट्टा रेटिना भन्दा अलि अगाडि केन्द्रित हुन्छ  र दृष्टि धमिलो हुन्छ ।

लक्षण

आँखा चिलाउने, टाढाको चीजहरू धमिलो देख्ने, बारम्बार आँखा मिच्नु, टाउको दुख्ने, आँखाबाट आँसु आउनु, आँखा बढी झिमझिम हुनेजस्ता लक्षण देखापर्छ ।

उपचार

मायोपियाको उपचार गैरसर्जिकल र सर्जिकल दुवै तरिकाबाट गर्न सकिन्छ ।

गैरसर्जिकल

मायोपिया भएको खण्डमा नेगटिभ नम्बर अर्थात पावर भएको चश्मा लगाउन सकिन्छ । यसमा चश्मा वा कन्ट्याक्ट लेन्सको प्रयोग गर्न सकिन्छ । सकेसम्म ६ महिनाको एकपटक जाँच गराइरहनुपर्छ ।

सर्जिकल

मायोपियाको लेजर सर्जरीमार्फत उपचार गर्न सकिन्छ । यो चश्मा पावर नियमित रुपमा बढ्दै गएमा गर्नुपर्ने हुन्छ । जुन गैरसर्जिकल भन्दा खर्चिलो हुन्छ । यसको करिब एक लाख रुपैयाँसम्म खर्च लाग्ने गर्छ ।