अब मानिसको दिमाग चिपले डोर्याउने भइसकेको छ । विश्वका धनाढ्य एलन मस्कले यो चमत्कार न्युरालिङ्कमार्फत् गरिसकेका छन् । एकजना मानिसको दिमागमा चिप्स राखिएको भनी खुसी प्रकट गरेका मस्क अब चामत्कारिक सफलताको पाइला चाल्न सफल भइसकेका छन् ।
साच्चै, एलन मस्कले मानव इतिहासमा एक आश्चर्यजनक काम गरेर देखाएका छन् । यो हालसम्म विज्ञानमा भएको सबैभन्दा ठूलो चमत्कार हो । न्युरालिङ्क कम्पनीले मानिसको मस्तिष्कमा चिप प्रत्यारोपण गरेर यो चामत्कारिक प्रक्रिया अघि बढाइसकेको छ ।
स्वयं मस्क अहिले यसले दिनसक्ने साइड इफेक्टको लेखाजोखामा लागिरहेका छन् । बाहिरका मानिसलाई चिप्सको चमत्कारले रङ्गाइसके पनि न्युरालिङ्कले भने चिप्स जडानपछि आउनसक्ने समस्याबारेमा हरक्षण पिछा गरिरहेको छ ।
अहिले मस्तिष्कमा चिप्स जडान गरिएका मानिसले नछोइकन सोचेरै माउस चलाउन थालिसकेका छन् । उनको प्रयासमा माउस एक ठाउँबाट अर्को ठाउँमा सर्न थालेको छ । यो चिप्स लगाएका मानिसको सोचका कारण संभव हुन गएको हो ।
सोचेकै भरमा कम्प्युटर माउसलाई नियन्त्रण गर्न सकिने हो भने अब हात खुट्टा नचल्ने मानिसले पनि अरू बराबर काम गर्न सक्ने छन् । तर उनीहरूले सोच्न भने सक्नुपर्छ । यसले अपराध नियन्त्रण गर्न पनि सघाउ पुर्याउने देखिन्छ ।
मस्कले भनेका छन्, कार्यक्रम सफल भइसकेको छ । मस्कका अनुसार अबको युग न्युरालिंकको हुने छ ।