१ .रक्तचाप र मुटुको रोगलाई फाइदा
पिंडालुमा कम फ्याट र सोडियम हुन्छ तर पोटासियम भने अत्यधिक हुन्छ । यहि कारण यो उच्च रक्तचाप भएका ब्यक्तिहरुको लागि अति उत्तम हुन्छ । यसमा भएको फाइबर र कार्बोहाइड्रेतले तनाबलाई पनि घटाउछ जसले हृदयाघात हुनबाट बचाउँछ । कर्कलाको तरकारी खादा कम्तिमा २५ ग्रामको दरले दैनिक सेवन गरेमा हृदय रोगमा लाभ मिल्छ । उच्च रक्तचाप भएका व्यक्तिले हरेक खानामा कर्कलो मिसाउदा अति लाभदायी हुन्छ ।
२ .क्यान्सर
पिंडालुमा प्रचुर मात्रामा भिटामिन सी, ए र फेनोलिक एन्टिअक्सिडेन्ट हुन्छ जसले क्यान्सर जन्य तन्तुहरुलाई निकालेर फ्याक्न मदत गर्छ र फेरि बढ्न दिदैन ।
३. मधुमेह
पिडालुमा पाइने फाइबर र पोटासियमले मदुमेहको रोगिमा सुगर लेबल इन्सुलिनको मात्रालाई ब्यालेन्समा राखेइ सुगर बढ्नबाट रोक्छ ।
४ .तौल घटाउछ
पिडालुमा हुने कम्ति क्यारोलिरिको कारण यो बढि तौल भएका ब्यक्तिहरुलाई अति उत्तम हुन्छ ।
५. सुन्दर छाला बनाउन
पिडालुमा हुने भिटामिन ए र सि छालाको अति आबश्यक तत्व हुन्। यी भिटामिनले छालाको तन्तुहरुलाई छिटो छिटो बिकसित गर्छ र छलाको आबरणलाई बचाइराख्न मदत गर्छ ।
६ . दुध नआएमा
बच्चाको दुध कम आएमा आमाले नियमित रुपमा कर्कलाको सेवन गर्दा आमाको दुध आउछ । यसमा पर्याप्त मिनरल्स, पोटासियम, म्याग्नेशियम लगायतका पोषक तत्वहरु हुन्छ ।
चीन, ब्राजिल, ताइवान, बंगलादेश र अफ्रिकामा पनि कर्कलो खाने चलन छ । दक्षिण अमेरिका, कोस्टारिका, निकारागुवा, पनामा, जस्ता देशमा सुप बनाएर खाइन्छ । कतिपय ठाउँमा कर्कलोको जरा अर्थात पिँडालुलाई आलुको सट्टा प्रयोग गरिन्छ । युरोपमा रोमन समयताकै पिँडालु कसरी पकाएर खाने भनेर किताबमै लेखिएको पाईन्छ ।