• बैशाख १३ २०८३, आईतवार

रेखा थापाले अमेरिकामा जन्माइन् छोरी, के राखिन् छाेरीकाे नाम ?

फाल्गुन ११ २०८०, शुक्रबार

काठमाडौँ । नेपाली चलचित्रकी नायिका रेखा थापालाई पुत्री लाभ भएको छ । थापाले शुक्रबार आफ्नो फेसबुक पेजमा पुत्री लाभ भएको भन्दै तस्बिरहरु पोष्ट गरेकी छिन् ।

साथै उनले आफ्नो फेसबुक पेजमार्फत् ‘हेर आकाशमा कालो बादल वरिपरी चाँदीको घेरा छ, हेर धर्तिमा तिमी जन्मनको महान कारण छ’, उनले पुत्रीको नाम बैभवी राज्यलक्ष्मी शाही ठकुरी रहेको समेत जनाएकी छन् ।

केही महिना पहिला उनी सन्तान जन्माउन अमेरिका गएको चर्चा भएको थियो ।