• आश्विन १२ २०८१, शनिबार

सेयर बजारमा यि हुन् १० ठूला कम्पनी, बजार पुँजीकरण कसको कति ?

फाल्गुन ६ २०८०, आईतवार

काठमाडौं ।  सेयर बजारमा सूचीकृत कम्पनीहरुको बजार पुँजीकरण ३२ खर्ब ४१ अर्ब ३४ करोड ४९ लाख ९९ हजार ७४३ रुपैयाँ रहेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार बजार पुँजीकरण धेरै हुने प्रमुख ठूला १० कम्पनीको पहिलो स्थानमा नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) रहेको छ ।

बजार पुँजीकरणका आधारमा ठूला १० कम्पनीमा नेपाल टेलिकमसहित ५ वटा वाणिज्य बैंक, दुई पुनर्बीमा कम्पनी, नागरिक लगानी कोष, एक बिमा कम्पनी रहेका छन् ।

बजार पुँजीकरणका आधारमा नेपाल टेलिकम र नबिल बैंक बिच बेला बेलामा को पहिलो बन्ने भनेर प्रतिस्पर्धा हुने गरेको छ । यस पटक नबिल बैंकलाई उछिनेर नेपाल टेलिकम अग्रस्थानमा रहेको छ ।

नेपाल टेलिकम

ठुलो कम्पनीको पहिलो स्थानमा नेपाल टेलिकम रहेको छ । टेलिकमको बजार पुँजीकरण १ खर्ब ५६ अर्ब ६ करोड रुपैयाँ रहेको छ ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयधरनीलाई ४० रुपैयाँका दरले नगद लाभांश दिएको छ । चालु आवको दोस्रो त्रैमाससम्म टेलिकमको नाफा ७.६० प्रतिशतले घटेर ३ अर्ब ९३ करोड १४ लाख रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा ४ अर्ब २५ करोड ४७ लाख रुपैयाँ रहेको थियो ।

कम्पनीको सूचीकृत सेयर १८ करोड कित्ता रहेको छ । जसमा संस्थापक सेयर ९१.५३ प्रतिशत र सर्वसाधारणको ८.४७ प्रतिशत रहेको छ । कम्पनीको चुक्ता पुँजी १७ अर्ब ९९ करोड ९९ लाख ९८ हजार ९७६ रुपैयाँ रहेको छ ।

नबिल बैंक
दोस्रो स्थानमा रहेको नबिल बैंकको बजार पुँजीकरण १ खर्ब २५ अर्ब १३ करोड ८६ लाख १७ हजार ६०० रुपैयाँ रहेको छ।

बैंकले गत आवको नाफाबाट सेयरधनीलाई ११ प्रतिशत नगद लाभांश दिएको छ । नबिल बैंकले चालु आवको दोस्रो त्रैमाससम्म ३ अर्ब २० करोड ३० लाख रुपैयाँ नाफा कमाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा ६.२८ प्रतिशत कम हो । गत गत आवको सोही अवधिमा बैंकको नाफा ३ अर्ब ४१ करोड रुपैयाँ रहेको थियो ।

कम्पनीको सूचीकृत सेयर २७ करोड ५ लाख ६९ हजार ९८४ कित्ता रहेको छ । जसमा कम्पनीको संस्थापक सेयर ६० प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत सेयर स्वामित्व रहेको छ । कम्पनीको चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख ९६ हजार ३५२ रुपैयाँ रहेको छ ।

नागरिक लगानी कोष

तेस्रो स्थानमा रहेको नागरिक लगानी कोषको बजार पुँजीकरण १ खर्ब १२ अर्ब ११ करोड ४८ लाख १९ हजार ६८९ रुपैयाँ रहेको छ ।

कम्पनीले गत आवको नाफाबाट सेयरधनीलाई २५ प्रतिशत लाभांश दिएको छ । कोषले चालु आवको दोस्रो त्रैमासमा कम्पनीको नाफा ६.३८ प्रतिशतले बढेर ५४ करोड ६० लाख रुपैयाँ छ । गत आवको सोही अवधिमा कम्पनीको नाफा ५१ करोड ३२ लाख रुपैयाँ रहेको थियो ।

बिहीबार कम्पनीको सेयर मूल्य २१०९ रुपैयाँ ९० पैसा रहेको छ । कम्पनीको सूचीकृत सेयर ५ करोड ३१ लाख ३७ हजार ५०४ कित्ता रहेको छ । जसमा संस्थापक सेयर ८० प्रतिशत र २० प्रतिशत सर्वसाधारणको सेयर स्वामित्व रहेको छ । हाल कम्पनीको चुक्ता पुँजी ५ अर्ब ३१ करोड ३७ लाख ५० हजार ४०० रुपैयाँको रहेको छ ।

नेपाल रि इन्स्योरेन्स कम्पनी

यसैगरि, चौथो स्थानमा रहेको नेपाल रिइन्स्योरेन्स कम्पनीको बजार पुँजीकरण ९८ अर्ब ९५ करोड ८९ लाख ९८ हजार ७६७ रुपैयाँ रहेको छ ।

कम्पनीको सेयर मूल्य ७७२ रुपैयाँ ३० पैसा रहेको छ । हाल कम्पनीको सूचीकृत सेयर १२ करोड ८१ लाख ३५ हजार ४३८ कित्ता रहेको छ । जसमा संस्थापक ८४ र सर्वसाधारणको १६ प्रतिशत सेयर स्वामित्व रहेको छ । कम्पनीको चुक्ता पुँजी हाल १२ अर्ब ८१ करोड ३५ लाख ४३ हजार ८०० रुपैयाँ रहेको छ ।

ग्लोबल आइएमई बैंक

बजार पुँजीकरणको आधारमा पाँचौ ठूलो कम्पनी ग्लोबल आइएमई बैंक हो । ग्लोबल आइएमई बैंकको बजार पुँजीकरण ६९ अर्ब ५९ लाख ५१ हजार २७३ रुपैयाँ रहेको छ ।

बैंकले गत आवको नाफाबाट ९ प्रतिशत लाभांश दिएको छ । जसमा ८ प्रतिशत नगद र १ प्रतिशत बोनस सेयर दिएको छ । चालु आवको दोस्रो वर्षमा बैंकको नाफा २६.५७ प्रतिशतले घटेर २ अर्ब ४ करोड २३ लाख रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा २ अर्ब ७८ करोड ११ लाख रुपैयाँ रहेको थियो ।

बिहीबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता १९१ रुपैयाँ रहेको छ । कम्पनीको सूचीकृत सेयर ३६ करोड १२ लाख ८७ हजार ७०३ कित्ता रहेको छ । जसमा संस्थापक स्वामित्व ५१.२४ प्रतिशत र सर्वसाधारणको ४८.७६ प्रतिशत रहेको छ । कम्पनीको चुक्ता पुँजी ३६ अर्ब १२ करोड ८७ लाख ७० हजार ३०० रुपैयाँ रहेको छ ।

हिमालयन रि इन्स्योरेन्स

छैंठौ ठूलो कम्पनी हिमालयन रि इन्स्योरेन्सको बजार पुँजीकरण ६५ अर्ब ५७ करोड रुपैयाँ रहेको छ । यो नयाँ रि इन्स्योरेन्स कम्पनीले गत आवको नाफाबाट ४.२१ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

पुस मसान्तसम्म कम्पनीको नाफा ९९.७३ प्रतिशतले बढेर ६० अर्ब २७ करोड २२ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा ३० अर्ब १७ करोड ७१ लाख रुपैयाँ रहेको थियो ।

बिहीबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६५५ रुपैयाँ ७० पैसा रहेको छ । कम्पनीको सूचीकृत सेयर १० करोड कित्ता रहेको छ । कम्पनीको चुक्ता पुँजी १० अर्ब रुपैयाँ रहेको छ ।

एनआईसी एशिया बैंक

बजार पुँजीकरणको आधारमा सातौंस्थानमा बैंक रहेको छ । सातौं ठूलो कम्पनी एनआईसी एशिया बैंकको बजार पुँजीकरण ६४ अर्ब ५९ करोड ३० लाख ६५ हजार ११० रुपैयाँ रहेको छ ।

कम्पनीले गत आवको नाफाबाट ३०.५२.प्रतिशत लाभांश दिएको छ । पुस मसान्तसम्म कम्पनीको नाफा ४१.८४ प्रतिशलते घटेर १ अर्ब ९० करोड ३८ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा ३ अर्ब २७ करोड ३३ लाख रुपैयाँ रहेको थियो ।

बिहीबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४३३ रुपैयाँ रहेको छ । हाल सूचीकृत सेयर १४ करोड ९१ लाख ७५ हजार ६७० कित्ता सेयर रहेको छ । जसमा संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत सेयर स्वामित्व रहेको छ । कम्पनीको चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख ६७ हजार रुपैयाँ रहेको छ ।

एभरेष्ट बैंक

एभरेष्ट बैंकको बजार पुँजीकरण ६१ अर्ब ४२ करोड ८४ लाख ५८ हजार ८८० रुपैयाँ रहेको छ । एभरेष्ट बैंक बजार पुँजीकरणको आधारमा आठौ ठूलो कम्पनी हो ।

गत आवको नाफाबाट एभरेष्ट बैंकले सेयरधनीलाई २०.५३ प्रतिशत लाभांश दिएको छ । जसमा बोनस १० र कर सहित १०.५३ प्रतिशत नगद लाभांश दिएको छ ।

चालु आवको पुस मसान्तसम्म बैंकको नाफा ७.८८ प्रतिशतले बढेर १ अर्ब ७१ करोड ३१ लाख रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा बैंकको नाफा १ अर्ब ५८ करोड ८० रुपैयाँ रहेको थियो ।

बिहीबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५२२ रुपैयाँ रहेको थियो । कम्पनीको सूचीकृत सेयर ११ करोड ७६ लाख ७९ हजार ४० कित्ता रहेको छ । जसमा संस्थापक सेयरधनीको ५९.२३ प्रतिशत र सर्वसाधारणको ४०.७७ प्रतिशत रहेको छ । बैंकको चुक्ता पुँजी ११ अर्ब ७६ करोड ७९ लाख ४ हजार रुपैयाँ रहेको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक नवौं ठूलो कम्पनी हो । बैंकको बजार पुँजीकरण ५७ अर्ब २३ करोड ३६ लाख ५३ हजार ६४७ रुपैयाँको रहेको छ ।

कम्पनीले गत आवको नाफाबाट सेयरधनीलाई नाफा दिएको छैन । चालु आवको पुस मसान्तसम्म कम्पनीको नाफा १३.६३ प्रतिशतले घटेर १ अर्ब ८० करोड १९ लाख रुपैयाँमा सिमित भएको छ । गत आवको सोही अवधिमा २ अर्ब ८ करोड ६३ लाख रुपैयाँ रहेको छ ।

बिहीबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता १६७ रुपैयाँ ७० पैसा रहेको छ । कम्पनीको सूचीकृत सेयर ३४ करोड १२ लाख ८५ हजार ९४९ कित्ता रहेको छ । जसमा संस्थागत सेयर ७९.४५ प्रतिशत र सर्वसाधारणको २०.५५ प्रतिशत रहेको छ ।

नेपाल लाइफ इन्स्योरेन्स

दसौं ठूलो कम्पनी नेपाल लाइफ इन्स्योरेन्सको बजार पुँजीकरण ५० अर्ब ४८ करोड ७२ लाख २ हजार ५५६ रुपैयाँको रहेको छ।

कम्पनीले गत आवको नाफाबाट सेयरधनीलाई हात खाली बनाएको छ । पुस मसान्तसम्म कम्पनीको नाफा १२.९० प्रतिशतले बढेर ४२ करोड ७७ लाख ३७ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा ३७ करोड ८८ लाख ६७ हजार रुपैयाँ रहेको थियो ।

बिहीबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६१५ रुपैयाँ १० पैसा रहेको थियो । कम्पनीको सूचीकृत सेयर ८ करोड २० लाख ७९ हजार ६६६ कित्ता रहेको छ । कम्पनीको चुक्ता पुँजी ८ अर्ब २० करोड ७९ लाख ६६ हजार ६०० रुपैयाँ रहेको छ ।