आज विद्याकी देवी सरस्वतीको पूजआजा गर्छौं । माघ महिनाको शुक्लपक्षको पञ्चमीलाई वसन्त पञ्चमीको रुपमा मनाइन्छ । माता सरस्वतीकी जन्मोत्सव । यसलाई हामी सरस्वती पूजाको रुपमा मनाउने गर्छौं । विधि-विधानपूर्वक पूजा गर्नाले विद्या, वाणी र प्रशिद्धिको आर्शिवाद प्राप्त हुने विश्वास गरिन्छ । सरस्वतीलाई विद्याकी देवी किन भनिन्छ ? भन्ने प्रश्न उठ्न सक्छ
आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइने चलन छ। श्वेत वस्त्र धारण गरेकी, मुस्कुराइरहेकी, चन्द्रमाजस्तो गोरो वर्ण भएकी, सवोत्तम रत्नद्वारा निर्मित आभूषणले सुशोभित, पहिलो हातमा वीणा, दोस्रोमा पुस्तक र तेस्रोमा स्फटिकको माला र चौथो हात अभ मुद्रामा रहेकी देवी सरस्वती हुन् भनी शास्त्रमा उल्लेख छ ।
माता सरस्वतीलाई विद्याकी देवी मात्र नभई संगीतको प्रमुख देवी भनेर पनि चिनिन्छ । ताल, स्वर, लय, राग–रागिणी आदिलाई उहाँको योगदान मानिन्छ। यस्तो अवस्थामा यस संसारको सुन्दरतामा सरस्वती माताको योगदान कति महत्वपूर्ण छ भन्ने कुरा बुझ्न सकिन्छ।
विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् ।
देवी सरस्वतीलाई ज्ञानकी देवीका रूपमा किन पुजिन्छ ?
देवी सरस्वतीलाई संगीत, कला, बुद्धिमत्ता, वाणी, विद्या र कलासँग सम्बन्धित हितोपदेशमा आधारित ज्ञान र बुद्धिकी देवी भनेर चिनिन्छ।उनलाई माता सरस्वती पनि भनिन्छ । सरस्वतीलाई वाग्देवी, शारदा, वीणावदिनी आदि नामले पनि अभिवादन गरिन्छ।
माता सरस्वतीलाई एक हातमा वीणा (संगीत उपकरण), पवित्र पानीको भाँडो (बलहरूको शुद्धीकरणको प्रतीक), बुद्धिको वैदिक देवी भनेर विभिन्न मूर्तिकला र चित्रहरूमा चित्रण गरिएको छ । एक हातमा अध्यात्म शक्तिको प्रतीक माला र एक हातमा सानो आकारको पुस्तकले उहाँलाई ज्ञानको प्रतीक बनाउँछ। हंस र मयूरले घेरिएको कमलको फूलमा विराजमान देवी सरस्वतीलाई विद्या, बुद्धि र शिक्षाको प्रतीक मानिन्छ।
सरस्वती माताको पूजा कहिले गरिन्छ ?
हिन्दु धर्ममा हरेक वर्ष बसन्त पञ्चमीका दिन विद्यार्थी तथा विद्वानहरूले माता सरस्वतीको पूजा गर्ने गर्दछन् । सामान्यतया शैक्षिक संस्था र सरकारी कार्यालयमा वसन्तपञ्चमीलाई ज्ञान प्राप्ति र देवीको आशीर्वाद प्राप्त गर्ने उद्देश्यले पर्वका रूपमा मनाइन्छ।