• मंसिर ११ २०८१, मंगलवार

ब्ल्याक होलमाथि भारतीय आँखा

पुष १९ २०८०, बिहीबार

खगोलीय खोज तथा अनुसन्धानमा भारतले एकपछि अर्को गरी कदम अघि बढाइरहेको छ । चन्द्रयानको फलतापूर्वक प्रक्षेपणसँगै विक्रम ल्याण्डरको चन्द्रमामा सफल अवतरणपछि भारतीय खगोल अनुसन्धान संगठन (इसरो)ले ब्ल्याक होल अनुसन्धानका लागि स्याटेलाइट प्रक्षेपण गरेको छ ।

अङ्ग्रेजी नयाँ वर्ष २०२४ को पहिलो दिनमै इसरोले विश्वकै दोस्रो शक्तिशाली स्याटेलाइट प्रक्षेपण गरेको छ । यो स्याटेलाइटको सहयोगमा भारतीय वैज्ञानिकहरूले ब्ल्याक होल, आकाशगंगा, अन्य सौर्य परिवार तथा विकिरणको अध्ययन अनुसन्धान गर्ने छ ।

भारतको यो स्याटेलाइटभन्दा अघि सन् २०२१ मा पहिलोपटक अमेरिकी अन्तरिक्ष संस्था नासाले यस्तै प्रकृतिको स्याटेलाइट प्रक्षेपण गरेको थियो । इसरोद्वारा प्रक्षेपित स्याटेलाइटको नाम एक्सरे पोलारिमिटर स्याटेलाइट (एक्सपोस्याट) रहेको छ । यो स्याटेलाइटसँग इसरोले विभिन्न १० वटा पेलोड (उपकरण) अन्तरिक्षमा पठाएको छ ।

प्रक्षेपित एक्सपोस्याटको आयु ५ वर्ष रहेको छ । जनवरी १ तारेखका दिन सोमबार बिहान ९ बजेर १० मिनेट जाँदा उक्त स्याटेलाइट प्रक्षेपण गरिएको थियो । यो प्रक्षेपणसँग भारतीय संस्कृति पनि मिसिएको छ । स्याटेलाइट प्रक्षेपणको ठीक १ दिन अघि इसरो वैज्ञानिकहरुले तिरूपति मन्दिरमा बैंकटेश्वरको धुमधाम रूपमा पुजाआजा गरेका थिए ।

विकिरणको अध्ययन गर्दै यो स्याटेलाइटले विकिरणका स्रोतहरुको तस्वीर लिएर पृथ्वीमा पठाउने छ । यस अर्थमा यो स्याटेलाई आफैमा वातावरणमैत्री पनि रहेको छ । यो सेटेलाइटमा टेलिस्कोप जडान गरिएको छ । उक्त टेलिस्कोप मार्फत् इसरोले अनन्त आकाशमा चम्किने ५० वटा चम्किला स्रोतहरुको अध्ययन गर्नेछ ।

हाल अध्ययनको सूचीमा पल्सर, ब्ल्याक होल एक्सरे बाइनरी, एक्टिभ ग्यालेक्टिक न्यूक्लियाई, नन थर्मल सुपरनोभालगायतका रहेका छन् । यो स्याटेलाइट ६ सय पचास किलोमिटरको उचाइको आकाशमा तैनाथ हुनेछ ।

श्रीहरिकोटबाट प्रक्षेपण भएको यो एक्सपोस्याटले २२ मिनेट समय व्यतित गर्ने बित्तिकै आफ्नो कक्षमा आफूलाई सफलतापूर्वक स्थापित गरिसकेको छ । यो एक्सपोस्याटको लागत २५ करोड भारु रहेको जनाइएको छ ।