जिद्दी छोराछोरीलाई सम्हाल्ने सबैभन्दा राम्रो तरिका हो कि तपाईंले उनीहरुको नराम्रो काममा कुनै प्रतिक्रिया नदिने र राम्रो काम गर्दा सधै तारिफ गर्ने । मनोवैज्ञानिक तथा प्यारेन्टिंग एक्सपर्टस्का अनुसार उनीहरुलाई अनुशासित बनाउन यस्तो काम गर्न आवश्यक छ ।
१. सुन्नुस् वहस नगर्नुस्
मजवुत इच्छाशक्ति भएका बच्चाको आकांक्षा र जिद्दी पना पनि बढी हुन्छ । त्यसको विरुद्ध तपाई बहसमा वा उनीहरुसँग यसो हुन्न, यस्तो हुन्छ भन्ने वहसमा नउत्रनु होस् । यदी तपाईंले उनीहरुको कुरा सुन्नु भएन भने उनीहरु धेरै जिद्दी हुनेछन् ।
यदी बालबालिकालाई आफूलाई अभिभावकले वास्ता नगरेको भान पर्यो भने उनीहरु विस्तारै विस्तारै तपाईको हरेक कुरालाई वेवास्ता गर्दै जान थाल्छन् । धेरै सयमदेखि बच्चाले केही गर्ने कुराको जिद्दी गरिरहेको खण्डमा उसको कुरा राम्रोसँग सुनिदिनु आवश्यक हुन्छ । उसको कुरा सकिनुभन्दा पहिला गाली गर्नु हुँदैन । बालबालिकासँग कहिल्यै रिसाएर कुरा नगर्नु होला ।
२. बच्चासँग जबरजस्ती नगर्नुहोस्
जस्तो ८ वर्षको तपाईको छोरा वा छोरीले टीभी हेर्ने जिद्दी गरे भने जबरजस्ती गरेर कुरा मिल्दैन । यसको सट्टा तपाई उनीहरुसँग बस्नुहोस् र यो कुरामा रुची राख्नुहोस् कि उ टिभीमा के हेर्दैछ । तपाईले उनीहरुको कार्यमा रुची देखाउनु भयो भने तपाईंको कार्यमा पनि उनीहरुले रुची देखाउनेछन् र तपाईसँग उनीहरु निकट भएको र आत्मिताको महशुस गर्न सकनेछन् । जिद्दी बच्चासँग यस्तै व्यवहार गर्नुहोस् । यसले गर्दा उनीहरुको जिद्दीपन हट्नुका साथै अनुशासित बन्नेछन् । उनीहरुलाई वेवास्ता गर्दा थप समस्या बढ्न जान्छ ।
३. विकल्प दिनुहोस्
शान्त रहनुहोस्
५. बालबालिकाको सम्मान गर्नुहोस्
बालबालिका जिद्दी भए भनेर दुख मनाउ गरिरहनु भएको छ भने आफूले उनीहरुमाथि गर्ने व्यवहार बारे पनि सोच्नुहोस् । बालबालिकालाई आफूले कस्तो व्यवहार, सम्मान गरेको छु भन्ने कुरा थाहा पाउनु भयो भने उनीहरुको व्यवहार किन यस्तो भइरहेको छ भन्ने थाहा हुन्छ । भन्नुको मतलव तपाईले बालबालिकालाई सम्मान, माया दर्शाउन कन्जुस्याई नगर्नुहोस् । उनीहरुसँग सहयोग माग्नुहोस् आदेश दिने होइन । उनीहरुको भवनालाई ख्याल गर्नुहोस् खारेज नगर्नुहोस् । एजेन्सीको सहयोगमा