काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेल आजियाटा लिमिटेडको प्रमुख वैदेशिक लगानीकर्ता आजियाटा ग्रुप बर्हादले आफ्नो सम्पूर्ण सेयर बेचेर बाहिरिएपछि अहिले सर्वत्र एनसेलको विषयमा चासो भइरहेको छ । जुन हुनु स्वभाविक पनि छ । त्यसो त एनसेलको शेयर किनबेच भएको यो पहिलो होइन । यसअघि पनि एनसेलको शेयर किनबेच हुँदै आएको थियो ।
सरकारले एनसेलको शेयर खरिद बिक्री बारेमा अध्ययन तथा छानबिन समिति बनाएको छ भने प्रतिनिधि सभाका विभिन्न समितिले पनि यस विषयमा चासो राख्दै छलफल गरेका छन्। शेयर खरिद बिक्रीको सम्बन्धमा सर्वोच्च अदालमा मुद्दा पनि दायर भएका छन्। सर्वोच्चले एनसेललाई सेयरखरिद बिक्रि बारे लिखित जवाफ पेश गर्न आदेश दिएको छ । एनसेलले पनि आफ्नझ जवाफ पेश गरिसकेको छ ।
सन् २०१६ मा मलेशियन टेलिकम ग्रुप आजियाटाले स्वीडेनको कम्पनी टेलिया सोनेराको ८० प्रतिशत शेयर १.३६५ अर्ब अमेरिकी डलरमा किनेर एनसेलमार्फत नेपाली दूरसञ्चार बजारमा भित्रिएको थियो।
अहिले सोही सेयर ५ करोड अमेरिकी डलरमा नेपाली मूलका सतिशलाल आचार्यको बेलायती कम्पनी स्पेक्ट्रलाइट यूके लिमिटेडलाई बिक्री गर्दै एनसेलबाट आजियाटा बाहिरिएको छ। अघिल्लो खरिद मूल्यबाट ९६.३४ प्रतिशत घट्दै एनसेल आजियाटाले आफ्नो शेयर स्पेक्ट्रलाइटलाई बिक्री गरेको देखिन्छ।
हामीले पाएको सूचना अनुसार यसअघि पनि एनसेलको शेयर किनबेच भएको पाएका छौ ।
निजी दूरसञ्चार सेवाको स्थापना
नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा सञ्चालन गर्नका लागि स्पाईस नेपाल (तत्कालिन मेरो मोबाइल ब्राण्ड) लाई २०५७ कार्तिक १८ गते आशय पत्र तथा स्वीकृत पत्र प्रदान गरेको थियो।
प्राधिकरणबाट सेवा स्वीकृतीका लागि अनुमति प्राप्त गरेको करिब एक वर्ष पछि स्पाईस नेपालले उद्योग विभागबाट २०५८ असार ४ गते संयुक्त लगानी सम्झौता स्वीकृत गरेर सोही मितिमा उद्योग स्थापना स्वीकृत प्राप्त गरेको थियो ।
उद्योग स्थापना गर्दा कम्पनीको अधिकतम पूँजी ५० करोड रुपैयाँ थियो भने जारी पूँजी ४५ करोड रुपैयाँ अर्थात ४५ लाख थान शेयर रहेको थियो। कम्पनीले तत्काल चुक्ता गर्न कबोल गरेको पूँजी एक करोड रुपैयाँ थियो।
स्थापना गर्दा लिन कबोल गरेको शेयर
शुरुमा दुई भारतीय र एक नेपाली समूहको संयुक्त लगानीमा स्पाईस नेपाल स्थापना भयो । एक लाख थान शेयरको मूल्य १ करोड रुपैयाँ तोकिएको थियो। जसमा मोदिकर्प लिमिटेड भारत ५५ हजार थान शेयर ५५ लाख रुपैयाँ, स्पाईस सेल लिमिटेड भारत ५ हजार थान शेयर ५ लाख रुपैयाँ र खेतान ग्रुप प्रालिको ४० हजार थान शेयर ४० लाख रुपैयाँ रहेको थियो।
कम्पनी रजिष्टारको कार्यालयको लागत अभिलेखअनुसार २०६१ जेठ २८ गते प्रति शेयर ५ रुपैयाँ (९५ रुपैयाँ असुल हुन बाँकी दरले असुल भई कायम हुन आएको शेयर यस्तो छ। जसमा मोदिकर्प लिमिटेड भारत ५५ हजार थान शेयर २ लाख ७५ हजार रुपैयाँ, स्पाईस सेल लिमिटेड भारत ५ हजार थान शेयर २५ हजार रुपैयाँ र खेतान ग्रुप प्रालिको ४० हजार थान २ लाख रुपैयाँ रहेको छ।
राज ग्रुप
कम्पनी रजिष्टारको कार्यालयको अभिलेख अनुसार २०६१ मंसिर ४ गते मोदिकर्प लिमिटेड भारको ९५ हजार थान सेयर खरिद गरेर राज ग्रुप स्पाईस नेपालमा प्रवेश गरेको तथ्याक देखिन्छ । ५ हजार थान शेयर भने स्पाईस सेलसँगै रहेको देखिन्छ।
२०६१ मंसिर ४ गते शेयर खरिद बिक्री पश्चात (प्रति शेयर रु ५ का दरले असुल भएको) कायम हुन आएको शेयर लगत अभिलेख अनुसार राज ग्रुप कम्पनी प्रालि नेपालको ५५ हजार थान शेयर २ लाख ७५ हजार रुपैयाँ, स्पाईस सेल लिमिटेड भारतको ५ हजार थान शेयर २५ हजार रुपैयाँ र राज ग्रुप कम्पनी प्रालि नेपालको ४० हजार थान शेयर २ लाख रुपैयाँ रहेको थियो।
डेल्टा ट्रेड कम्पनी
कम्पनी रजिष्टारको कार्यालयको अभिलेख अनुसार २०६१ मंसिर ४ गते ५७ हजार थान शेयर सहित डेल्टा ट्रेड कम्पनी प्रालि स्पाइस नेपालमा प्रवेश गरेको देखिन्छ। उक्त अभिलेख अनुसार राज ग्रुपको शेयर ३८ हजार थान मात्र कायम भएको छ।
२०६१ मंसिर ४ गते उद्योग विभागका सैद्धान्तिक सहमति प्राप्त गरी शेयर खरिद बिक्री पश्चात (प्रति शेयर रु ५ का दरले असुल भएको कायम हुन आएको शेयर लगत अभिलेख अनुसार राज ग्रुप कम्पनी प्रालि नेपाल ३८ हजार थान १ लाख ९० हजार रुपैयाँ, डेल्टा ट्रेड कम्पनी प्रालि साईप्रस १७ हजार थान ५ का दरले रुप ८५ हजार रुपैयाँ,स्पाईस सेल लिमिटेड भारत ५ हजार थान ५ का दरले २५ हजार रुपैयाँ र डेल्टा ट्रेड कम्पनी प्रालि साईप्रस ४० हजार थान ५ का दरले २ लाख रुपैयाँ रहेको थियो।
यसपछि २०६१ चैत १२ गते उद्योग विभागको सैद्धान्तिक सहमति प्राप्त गरी शेयर खरिद बिक्री पश्चात (प्रति शेयर रु १० का दरले असूल भएको कायम हुन आएको शेयर लगत अभिलेखअनुसार राज ग्रुप कम्पनी प्रालि नेपाल ३८ हजार थान शेयर ३ लाख ८० हजार रुपैयाँ, राज ग्रुप कम्पनी प्रालि नेपाल ३ लाख ६० हजार थान शेयर ३६ लाख रुपैयाँ, डेल्टा ट्रेड कम्पनी प्रालि साईप्रस १७ हजार शेयर १ लाख ७० हजार रुपैयाँ, डेल्टा ट्रेड कम्पनी प्रालि साईप्रस ४० हजार थान शेयर ४ लाख रुपैयाँ, डेल्टा ट्रेड कम्पनी प्रालि साईप्रस ५ लाख ४० हजार थान शेयर ५४ लाख रुपैयाँ, स्पाईस सेल लिमिटेड भारत ५ हजार थान शेयर २५ हजार रुपैयाँ रहेको थियो।
रेन्होल्ड होल्डीङको प्रवेश
२०६२ साउन २१ गते ४ लाख थान शेयर सहित रेन्होल्ड होल्डीङ, वेष्ट इन्डिज दूरसञ्चार सेवाको लगानीकर्ताको रुपमा प्रवेश गरेको कम्पनी रजिष्टार्ड कार्यालयको अभिलेखमा देखिन्छ ।जसले एनसेलमा ८० प्रतिशत शेयर हिस्सा लिएको छ।
२०६२ साउन २१ गते उद्योग विभागका सैद्धान्तिक सहमती प्राप्त गरी शेयर खरिद बिक्री पश्चात कायम हुन आएको एक सय रुपैयाँ प्रति थान शेयर लगत अनुसार राज ग्रुप कम्पनी प्रालि नेपाल ३८ हजार थान शेयर ३८ लाख रुपैयाँ, राज ग्रुप कम्पनी प्रालि नेपाल ३ लाख ४२ हजार थान शेयर ३ करोड ४२ लाख रुपैयाँ, डेल्टा ट्रेड कम्पनी प्रालि, साईप्रस १७ हजार थान शेयर १७ लाख रुपैयाँ रुपैयाँ, डेल्टा ट्रेड कम्पनी प्रालि, साईप्रस ४० हजार थान शेयर ४० लाख रुपैयाँ, डेल्टा ट्रेड कम्पनी प्रालि, साईप्रस १ लाख १३ हजार थान शेयर १ करोड १३ लाख रुपैयाँ रहेको थियो यस्तै डेल्टा ट्रेड कम्पनी प्रालि साईप्रस ५ हजार थान ५ रुपैयाँका दरले २५ हजार रुपैयाँ रहेको थियो।
स्पाईस सेल लिमिटेड भारतको ४५ हजार थान १० रुपैयाँका दरले ४ लाख ५० हजार रुपैयाँ र रेन्होल्ड होल्डीङ् लिमिटेड वेष्ट इण्डिज ४ लाख थान १०० रुपैयाँका दरले ४ करोड रुपैयाँ रहेको थियो।
२०६२ फागुन २२ गते उद्योग विभागमा सैद्धान्तिक सहमती प्राप्त गरी शेयर खरिद बिक्री पश्चात कायम हुन आएको शेयर लागत अभिलेख अनुसार राज ग्रुप कम्पनी प्रालिको ३८ हजार थान शेयर १०० रुपैयाँका दरले ३८ लाख रुपैयाँ, राज ग्रुप कम्पनी प्रालि नेपाल १ लाख ५६ हजार थान शेयर १०० रुपैयाँका दरले १ करोड ५६ लाख रुपैयाँ, डेल्टा ट्रेड कम्पनी प्रालि साईप्रस १७ हजार थान १०० रुपैयाँका दरले १७ लाख रुपैयाँ, डेल्टा ट्रेड कम्पनी प्रालि साईप्रस ४० हजार थान १०० रुपैयाँका दरले ४० लाख रुपैयाँ, डेल्टा ट्रेड कम्पनी प्रालि साईप्रस १ लाख १३ हजार थान शेयर १०० रुपैयाँका दरले १ करोड १३ लाख रुपैयाँ, स्पाईस सेल लिमिटेड भारत ५ हजार थान शेयर ५ रुपैयाँका दरले २५ हजार रुपैयाँ, स्पाईस सेल लिमिटेड भारत ४५ हजार थान शेयर १० रुपैयाँका दरले ४ लाख ५० हजार रुपैयाँ, रेन्होल्ड होल्डीङ लिमिटेड वेष्ट इण्डिज ४ लाख थान शेयर १०० रुपैयाँका दरले ४ करोड रुपैयाँ, रेन्होल्ड होल्डीङ लिमिटेड वेष्ट इण्डिज १ लाख १० हजार थान शेयर १०० रुपैयाँका दरले १ करोड १० लाख रुपैयाँ र रेन्होल्ड होल्डीङ लिमिटेड वेष्ट इण्डिज ७६ हजार थान १०० रुपैयाँका दरले ७६ लाख रुपैयाँ थियो।
पूँजी साढे २ अर्ब
२०६४ असोज २९ गते उद्योग विभागको २०६४ जेठ २ र २०६३ पुस ३० गते सैद्धान्तिक सहमती प्राप्त गरी एनसेलको अधिकृत पूँजी ५० करोडबाट वृद्धि गरी २ अर्ब ५० करोड कायम भइ अभिलेख भएको कम्पनी रजिष्टारको कार्यालयले जानकारी दिएको छ।
रजिष्टारको कार्यालयको तथ्यांक अनुसार २०६४ मंसिर २७ गते उद्योग विभागको २०६४ मंसिर २४ को पत्रबाट स्पाईस सेल लिमिटेड भारतले कबोल गरेको रकम नबुझाएको कारण उक्त कम्पनीको नामको सबै शेयर जफत गरी अन्य शेयरधनीको नाममा वितरण गर्न सैद्धान्तिक सहमती प्राप्त गरी शेयर लगत कायम गरेको थियो। सोही अनुसार रेन्होल्ड होल्डीङ लिमिटेड वेष्ट इण्डिजको ४ लाख थान ४ करोड रुपैयाँ, १ लाख १० हजार थान १ करोड १० लाख रुपैयाँ, ७६ हजार थान ७६ लाख रुपैयाँ, १४ हजार थान १४ लाख रुपैयाँ गरी कुल ५ लाख १९ हजार थान शेयर ५१ करोड ९० लाख रुपैयाँ रेन्होल्ड होल्डीङको नाममा आएको थियो।
सिनर्जी नेपाल प्रालि साईप्रस ८० हजार थान ८० लाख रुपैयाँ, ३८ हजार थान ३८ लाख रुपैयाँ, २ लाख थान २ करोड रुपैयाँ कुल ३ लाख १८ हजार शेयर ३ करोड १८ लाख रुपैयाँ रहेको थियो।
डेल्टा ट्रेड कम्पनी प्रालि साईप्रस १७ हजार थान १७ लाख रुपैयाँ, ४० हजार थान ४० लाख रुपैयाँ, १ लाख १३ हजार थान १ करोड १३ लाख रुपैयाँ बराबरको एक लाख ७० हजार थान शेयर १ करोड ७० लाख रहेको थियो।
उपेन्द्र महतोको प्रवेश
२०६८ चैत ३ गते सिनर्जी नेपाल प्रालिबाट उपेन्द्र महतोले प्रति शेयर १ हजारका दरले खरिद गरेको कम्पनी रजिष्टारको कार्यालयले जानकारी दिएको छ। तर उनले शेयर अभिलेख नहुँदै बिक्री गरे ।
१७ अर्ब अधिकतम पूँजी
२०६७ चैत १३ गते उद्योग विभागको २०६७ चैत १३ को सैद्धान्तिक सहमती प्राप्त गरी त्यस समय एनसेलको अधिकृत पूँजी २ अर्ब ५० करोडबाट वृद्धि गरी १७ अर्ब रुपैयाँ कायम गरिएको थियो।
२०६८ चैत २१ गते उद्योग विभागको २०६८ चैत २० गतेको शेयर खरिद बिक्री पश्चात कायम हुन आएको शेयर लगत अभिलेखअनुसार
रेन्होल्ड होल्डीङ् लिमिटेड वेष्ट इण्डिज ४ लाख थान शेयर १०० रुपैयाँका दरले ४ करोड रुपैयाँ, १ लाख १० हजार थान शेयर १०० रुपैयाँ १ करोड १० लाख रुपैयाँ, ७६ हजार थान शेयर १०० रुपैयाँका दरले ७६ लाख रुपैयाँ, १४ हजार थान शेयर १०० रुपैयाँका दरले १४ लाख रुपैयाँ, १७ हजार थान शेयर १०० रुपैयाँ दरले १७ लाख रुपैयाँ, ४० हजार थान १०० रुपैयाँ दर ४ करोड रुपैयाँ, १ लाख १३ हजार थान शेयर १०० रुपैयाँका दरले १ करोड १३ लाख रुपैयाँ कायम गरिएको थियो। जसमा कम्पनीको ८ लाख थान शेयरको मूल्य ८ करोड रुपैयाँ कायम गरिएको थियो।
निरज गोविन्द श्रेष्ठ, पाल्पा ८० हजार थान ८० लाख रुपैयाँ, ३८ हजार थान ३८ लाख, ७६ हजार थान ७६ लाख रुपैयाँ, एक हजार थान १ लाख रुपैयाँ, ५ हजार थान ५ लाख रुपैयाँ, जम्मा २ लाख थान २ करोड रुपैयाँ छ।
सुनीभेरा क्यापिटल भेञ्चरको प्रवेश
कम्पनी रजिष्टारको कार्यालयको तथ्यांक अनुसार २०७२ चैत २९ गते उद्योग विभागको २०७२ पुस १६ गतेको सैद्धान्तिक सहमती, नेपाल दूरसञ्चार प्राधिकरणको २०७२ माघ १९ गतेको सहमती पत्र र ठूला करदाता कार्यालयको २०७२ चैत २९ गतेको पत्रानुसार पूँजीगत लाभकर चुक्ता भएको प्रमाणित पत्रका आधारमा निरज गोविन्द श्रेष्ठले सुनीभेरा क्यापिटल भेञ्चरलाई २ लाख थान शेयर ३ अर्ब ३१ करोड २४ लाख १५ हजार रुपैयाँमा बिक्री गरेका थिए।
सो शेयर खरिदसँगै श्रेष्ठको नाममा रहेको २ लाख थान शेयर सुनीभेरा क्यापिटल भेञ्चरको नाममा आएको थियो।
सोही मितिमा रेन्होल्ड होल्डीङ्गको स्वामित्वमा रहेको एनसेलको शेयर टेलिया सोनेराबाट आजियाटा ग्रुपले खरिद गरेपनि कम्पनी रजिष्टारको कार्यलयमा भने शेयर खरिद बिक्री पश्चात नाम परिवर्तनका लागि कुनै आवेदन नआएको उल्लेख छ। हाल पनि रजिष्टारको कार्यालयमा रेन्होल्ड होल्डीङ् लिमिटेडको नाममा एनसेलको ८ लाख थान शेयर अर्थात ८० प्रतिशत शेयर हिस्सा रहेको छ।
तर आजियाटाले त्यस समयमा सिधै एनसेलको ८० प्रतिशत शेयर खरिद नगरि एनसेलमा ८० प्रतिशत शेयर हिस्सा भएको रेन्होल्ड होल्डीङ् लिमिटेडलाई नै खरिद गरेको थियो।
अहिले पनि नयाँ बेलायती कम्पनी स्पेक्ट्रलाइट यूके लिमिटेडले एनसेलको शेयर सिधै खरिद नगरिकन आजियाटा ग्रुपको अधिनमा रहेको एनसेलमा ८० प्रतिशत लगानी भएको रेन्होल्ड होल्डीङ् लिमिटेडलाई नै खरिद गरेको देखिन्छ।
तर यस बारेमा सरकारले छानबिन गरिरहेको र लगानीकर्ताले समेत आगामी दिनमा थप जानकारी सार्वजनिक गर्ने बताएको हुँदा त्यसपछि मात्रै थप प्रष्ट हुने अनुमान गरिएको छ।
यसैगरी शेयर किनेको नयाँ कम्पनीले हालको “एनसेल आजियाटा”को नाममै कारोबार गर्छ वा कम्पनीको नामपनि परिवर्तन गर्छ भन्नेमा समेत चासो रहेपनि अझै स्पष्ट भईसकेको छैन्।
प्राइभेटबाट पब्लिक बन्न ११ थान शेयर थप
२०७७ साउन १९ गते प्राइभेट लिमिटेडबाट पब्लिक लिमिटेडमा परिणत हुँदा कम्पनीले ७ जनालाई १०० रुपैयाँ दरको ११ थान शेयर थप गरेको १० लाख ११ थान शेयर र १० करोड १ हजार १०० रुपैयाँ चुक्ता रकम कायम गरिएको थियो। यी ११ थान शेयर २०७५ चैत १ गते शेयरधनीको नाममा दर्ता भएको थियो।
एनसेल आजियाटाको शेयर खरिद गर्ने ७ नेपाली नगरिकहरुमा काठमाडौं महानरपालिका वडा नम्बर २७ बस्ने लेना केशरी कंसाकारको नाममा दुई थान शेयर, ललितपुर महानरपालिका वडा नम्बर १ का कविन मूलको नाममा एक थान शेयर, काठमाडौं महानरपालिका वडा नम्बर २९ का समिर राज गौतमको नाममा एक थान शेयर, ललितपुर महानरपालिका वडा नम्बर २ का कन्चन सिंह कार्कीको नाममा दुई थान शेयर, काठमाडौं महानरपालिका वडा नम्बर १० का सम्पन्न राज भट्टको नाममा एक थान शेयर, काठमाडौं महानरपालिका वडा नम्बर ९ का ज्योति दाहालको नाममा दुई थान शेयर र ललितपुर महानरपालिका वडा नंम्बर ७ का उमा महर्जनको नाममा दुई थान शेयर रहेको छ।