• मंसिर ११ २०८१, मंगलवार

सफलता संस्थाका लागि

मंसिर १६ २०८०, शनिबार

बिल गेट्स विश्वका धनी मानिसको नाम लिँदा नछुट्ने नाम हो । यसमा पनि ‘यस वर्ष विश्वको सबैभन्दा धनी व्यक्ति को होला’ भन्ने प्रश्न उठ्यो भने अधिकांशको अनुमानमा पहिलो नाम बिल गेट्सकै आउँछ । बिल गेट्स साच्चै धनी मात्र होइन, ‘पपुलर’ पनि छन् । त्यसैले त उनको नाम सबैको मुखमा कण्ठस्थ छ ।

बिल गेट्स माइक्रोसफ्ट कम्पनीका संस्थापक पनि हुन् । पाउल एलेन चाहिँ उनका सहसंस्थापक । तर उनी कहिल्यै पनि ‘ट्रिलिनियर’ हुन पाएनन् । उनी ‘बिलिनियर’ त भइ नै रहे । उनी अहिले पनि विश्वमा सबैमाझ सम्मानित छन् । उनी अहिले पनि विश्वका सर्वाधिक धनी व्यक्तिमध्ये एक रहिरहेका छन् ।

उनी विश्वमा प्रथम धनी व्यक्ति रहिरहन सकेनन् । कारण एउटै रहेको छ, उनले माइक्रोसफ्ट कम्पनीमा रहेको आफ्नो शेयरको निरन्तर संरक्षण गर्न सकेनन् । उनी बजार र अझ भनौ शेयर बजारको छाल र ज्वारभाटाका उतारचढावसँगै पौडदै र बग्दै जान थाले । माइक्रोसफ्ट कम्पनीमा रहेको उनको शेयर सम्पत्ति थामिन सकेन । आफ्नो स्वामित्वको शेयर बिक्री गरिरहे ।

१९७५ अप्रिलमा स्थापना गरिएको माइक्रोसफ्ट कम्पनीले सन् १९८६ मा आईपीओ (शेयर) जारी गर्दा पनि उनीसँग कम्पनीको ४९ प्रतिशत शेयर हिस्सा बाँकी थियो । लगत्तै केही समयपछि उनको शेयर हिस्सा घट्न थाल्यो । शेयर बेच्दै गए ।

अहिले माइक्रोसफ्ट कम्पनीको बजार मूल्य २.८ ट्रिलियन डलर रहेको छ

सामान्य हिसाब गर्दा पनि यदि बिल गेट्ससँग अहिले कम्पनीको ४५ प्रतिशत मात्र शेयर बाँकी रहेको भए पनि उनको सम्पत्ति १.२३ ट्रिलियन डलर हुन्थ्यो । यो राशी भनेको हाल विश्वका सबैभन्दा धनी र दोस्रो धनी एलन मस्क र जेफ बेजोसको भन्दा धेरै हुन्छ ।

अहिले माइक्रोसफ्ट कम्पनीको बजार मूल्य करिब २.८०५ ट्रिलियन डलर रहेको छ । यस हिसाबले यदि बिल गेट्ससँग कम्पनीको ४५ प्रतिशत शेयर कायम रहेको भए उनको सम्पत्ति आजको दिनमा १.२३ ट्रिलियन डलर हुन्थ्यो, जुन एलन मस्क वा जेफ बेजोसको भन्दा निकै धेरै हो । तरअहिले

बिल गेट्सको हातमा माइक्रोसफ्ट कम्पनीको जम्मा १.३८ प्रतिशत शेयर मात्र बाँकी छ

हाल बिल गेट्स परोपकारी कार्यहरुका लागि चर्चामा छन् । ‘केवल प्रविधि’ क्षेत्रको सम्राट बिल गेट्स विश्व मानवताको पक्षधर रही ख्याती कमाउँदै पनि आएका छन् ।