• मंसिर ११ २०८१, मंगलवार

आर्य श्रेष्ठताको खोजी

मंसिर ७ २०८०, बिहीबार

मानिसले ‘आफू ठूलो हुँ वा आफ्नो समूह ठूलो, जान्ने, सुन्ने, शिक्षित, सभ्य हो’ भन्ने ठान्नु कुनै ठूलो कुरो भएन । हो, त्यस्तै मध्येमा पर्थे– हिटलर ! उनी त्यस्ता मानिसमध्येमा एक मानिस थिए, जो आर्य श्रेष्ठताबारे बढी नै घमण्ड गर्थे ।तिनै हिटलर जसका बारेमा हामीले अनेक भनाइ र किस्साहरू बढ्ने र सुन्ने गर्छौं । हुन पनि हिटलरकै कारण दोस्रो विश्व युद्ध भएको मान्ने गरिन्छ ।

हिटलरको वास्तविक र पूरा नाम एडोल्फ हिटलर थियो । उनी जर्मनीको चान्सलर भएपछि ‘फ्युँएर÷फ्युएरर्’ देशको सर्वोच्च व्यक्ति ! भन्ने उपाधि वा भनौं पदवीले पनि चिनिए । जे होस्, दोस्रो विश्व युद्धको क्रममा हिटलरको नेतृत्वमा रहेको नाजी ग्याङ् (गेस्टापो) का सेनाले ६० लाखभन्दा बढी मनिसलाई ‘ग्यास च्याम्बर’मा हालेर मारेको भन्ने इतिहासकार तथा अध्येताहरूको भनाइ रहेको छ । हिटलरले ग्यास च्याम्बरमा लगेर (हुलेर) मारेका ती ६० लाख मानिसमध्ये अधिकांश यहुदीहरू थिए भन्ने भनाइ रहेको छ ।

यसरी हेर्दा हिटलरको आर्य श्रेष्ठताको घमण्डको जाँतोमा पिल्सिएर मारिने ६० लाख मानिसहरू मध्ये अधिकांश यहुदी (ज्युज) र कम्युनिस्ट पार्टीका समर्थक साधारण मानिसहरू थिए भन्ने मतमा कसैको विमति रहेको छैन । यो लेखमा उनै अर्थात् एडोल्फ हिटलर र उनका अनुयायीहरूले सुरू गरेको आर्य श्रेष्ठताबारे केही लेख्दै छु ।

हो, हिटलरले आर्य उत्पत्तिको मूल कहाँ हो ? भनी पत्ता लगाउनका लागि आफू शक्तिमा आएपछि धेरै ठाउँमा खोज–अनुसन्धान र अध्ययन गर्न विश्वासिला मानिसहरूलाई खटाएका थिए । हुन त हिटलरले कसकसलाई कहाँकहाँ खटाए ? सबै कुरो बाहिर आएको छैन । तर, उनले हिमालयको शीर तिब्बतमा पनि एक गोप्य टोली खटाएका थिए ।

सो कुरो बीबीसीले सन् २०२१ मा प्रकाशित लेखमा उल्लेख गरेको छ । जहाँ चारवटा त फोटा (सचित्र) नै छापिएको छ । सो लेखमा उल्लेख गरिएअनुसार ‘होलो कास्ट’का प्रखुम योजनाकार तथा हिटरका केही विश्वापात्रमध्ये एक हेनरिख् ह्यामेलरले सन् १९३८ मा पाँच जना सदस्य रहेको एक टोली तिब्बतमा आर्य उत्पत्तिबारे अध्ययन गर्न खटाएका थिए । हिटलरलाई के विश्वास थियो भने घुमन्ते आर्यहरू लगभग १५–१६ सय वर्षको आसपास उत्तरबाट भारत आएका हुन् ।

भारत आएका आर्यहरूले गैरआर्यहरूसँग घुलमिल (रक्त मिश्रण गरेर) भएर ठूलै अपराध गरे भन्ने हिटलरलाई लाग्थ्यो 

त्यस्तै गरेर ‘झिल्को डट कम अनलाइन’ले विसं २०७८ भदौ ताका भारतीय लेखक वैभव पुरन्दरेको किताब ‘हिटलर एन्ड इन्डिया’मा उल्लेख भएको प्रसंगलाई उद्घरण गर्दै लेखेको थियो– ‘दोस्रो विश्व युद्ध हुन केही दिनअघि जर्मनहरूको एक टोली भारतको पूर्वी सीमामा ओल्र्यो । हिटलरलाई घुमन्ते आर्यहरू १५०० वर्षअघि उत्तर भएर भारतमा प्रवेश गरेको विश्वास थियो ।

ती आर्यहरूले गैर आर्यहरूसँग मिसिएर अपराध गरेका छन् ।’ हुन पनि हिटलरलाई के लाग्थ्यो भने, आर्यहरू विश्वका सबैभन्दा उच्च नश्लका मानिस हुन् ! अर्को हिटलरको राम्रो पक्षचाहिँ के छ भने, हिटलरले आफू जत्ति नै आर्य श्रेष्ठताको घमण्डले वशीभूत भए तापनि भारतीय जनताले गरेको अंग्रेज शासक विरूद्घको लडाईँ र देशको स्वन्त्रताप्रतिको भारतीय जनताको आन्दोलनप्रति भने सँधै सहानुभूति र सद्भाव राख्ने गर्थे । जुन कुरो हिटलरले आफूले गर्ने आन्तरिक बहस, छलफल र लेखमा पनि झल्किन्थ्यो ।

हिटलर र उनका अनुयायीको विश्वास थियो– घुमन्ते उच्च नश्लका आर्यहरू इंग्ल्यान्ड र पोर्चुगलबीचको एटलान्टिक समुन्द्रमा दैवी शक्ति (चट्याङ्) का कारण डुबे 

त्यसैले नाजी कट्््टरपन्थीहरू त्यसरी इंग्ल्यान्ड र पोर्चुगलबीचको एटलान्टिक समुन्द्रमा दैवी शक्ति (चट्याङ्) का कारण डुबेका आर्यहरू मध्ये जो बाँचे, उनीहरू सुरक्षित स्थानमा लाग्ने क्रममा हिमालय क्षेत्रमा गएर शरण लिए, जुन क्षेत्र सो वेला सुरक्षित र राम्रो वास स्थानको रूपमा रहेको विश्वास गरिन्छ ।

सोही क्रममा आर्यहरू विश्वकै छानोका रूपमा रहेको हिमालय क्षेत्रको पनि तिब्बतमा गएको भन्ने विश्वास तत्कालीन नाजी नेतृत्वमा रहेको थियो । त्यसैले नाजी नेतृत्वले इंग्ल्यान्ड र पोर्चुगलबीचको एटलान्टिक समुन्द्रमा दैवी शक्ति (चट्याङ्) का कारण डुबेका मध्ये जो बाँचे, उनीहरू कहाँ गए ? भन्ने सम्बन्धमा अध्ययन गर्नका लागि सन् १९३५ मा एक अध्ययन टोली गठन गरेका थिए ।

आर्यहरूको उत्पत्तिथलो सम्बन्धी अध्ययन गर्न हिटलरले सन् १९३८ मा पाँच जनाको वैज्ञानिक टोली तिब्बतमा अध्ययन गर्न पठाएका थिए 

भनिन्छ, सो वैज्ञानिक टोली बोकेको पानीजहाज सर्व प्रथम श्रीलंकाको राजधानी कोलम्बोमा उत्रिएको थियो । पानीजहाज फेरेर भारतकै पश्चिम बंगालको कोलकाता (कलकत्ता) ओर्लेका थिए । उक्त जर्मन वैज्ञानिक टोली भारतको कोलकाता आइपुगेपछि ‘टाइम्स अफ इन्डिया’ ले “अ गेस्टपो एजेन्ट इन इन्डिया” शीर्षकमा हेडलाइन बनाएर समाचार छापेको थियो ।

त्यसपछि सो अध्ययन टोलीलाई तत्कालीन बेलायती अधिकारीहरूको सिक्किम हुँदै तिब्बत जान नदिने मनसाय बुझेपछि तिब्बत छिर्ने अर्कै उपाय निकाले । सो जर्मन टोलीले स्वस्तिक चिह्नसहितको झण्डा राखेर झोला र सरसामान खच्चडमा लोड गरे । बौद्ध र हिन्दु धर्मको प्रतीक मानिन्छ, स्वस्तिक चिह्न ।

हिन्दु धर्मालम्बीले  स्वस्तिक चिह्नलाई शुभ लाभको संकेत मान्ने गर्छन् 

तर, अन्तमा सो जर्मन वैज्ञानिक टोलीले घुमन्ते उच्च नश्लका भनिएका ती आर्यहरूको समूह इंग्ल्यान्ड र पोर्चुगलबीचको एटलान्टिक समुन्द्रमा दैवी शक्ति (चट्याङ् !) का कारण डुबेको भन्ने तत्कालीन क्रिश्चियन (क्याथोलिक) मतअनुसार हिटलर र उनका ग्याङ्गे/स्टापोका अनुयायीहरूले विश्वास गरेका भनिएका जो उच्च नश्लका आर्यहरू थिए र उनीहरूमध्ये जो बाँचे ।

त्यसरी बाँचेका उच्च नश्लका आर्यहरूमध्ये सुरक्षित स्थानमा लाग्ने क्रममा हिमालय क्षेत्रमा गए, गएनन् ? भन्ने बारेमा के हो, कसो हो ? पत्ता लगाए कि लगाएनन् ? सो सम्बन्धमा भने हालसम्म पनि बाहिर आएको छैन । अर्थात् सो सम्बन्धमा हालसम्म कुनै सत्य, तथ्य र तथ्यांकहरूबारे कतै केही उल्लेख गरिएको छैन ।