इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर बाबुराम मरासिनिका अनुसार सरल भासामा आाखा, छाल र मुखभित्र पहेले हुनुलाई जन्डिस भनिन्छ ।
यो कुनै रोग नभएर विभिन्न रोगमा देखिने लक्षणमात्र हो । साधारणतया रगतमा बिलिरुविनको मात्रा एक मिलिग्राम र १०० एमएलभन्दा कम हुन्छ । बिलिरुविनको मात्रा तीन मिलिग्रामभन्दा बढी भएमात्र आखा पहेलो देखिन्छ । बिलिरुविन विभिन्न अवस्थामा बढ्न सक्छ र जन्डिस देखा पर्ने तीन विशेष अवस्था रहन्छ । रगतको रातो कण अत्यधिक नष्ट भएर धेरै बिलिरुविन निस्की कलेजोले त्यसलई लिन नसक्नु, कल्ेजोको रोग लगेपछि रगतबाट बिलिरुविन लिएर पित्तमा फ्यााक्न नसक्नु र पित्तको नली कुनै कारणले अवरुद्ध भई पित्त आन्ऽामा जान नसक्नु जन्डीस हो ।
जन्डिस लागेमा के खाने के नखाने ?
डाक्टर बाबुराम मरासिनिका अनुसार नेपालीसमुदायमा जन्डिस भन्नेबित्तिकै उसिनेको खानेकुरा, नुन बेसार नभएको, गााजर, कााक्रो, मेवा, ग्लुकोज र उखुको
रस ज्सता यावत फलफुलहरु खने चलन रहेको छ । जन्डिस भएको अवस्थामा
कलेजो र पित्तको नलीका कारण चिल्लो पदार्थको पाचन क्रियामा असर पर्ने भएकाले चिल्लो कम खाने गर्नु पर्दछ ।