• मंसिर १२ २०८१, बुधबार

पिनास के कारणले हुन्छ ? के खाने-के नखाने ?

मंसिर ४ २०८०, सोमबार

पिनासलाई डाक्टरी भाषामा साइनोसाइटिस भनिन्छ ।

साइनोसाइटिस भनेको नाक वरिपरिका पिनास ग्रन्थीहरू (साइनास) को इन्ˆलामेसन अथवा (सुनिएर रातोतातो भई दुख्नु र काम गर्न छाड्नु) हो ।

यी साइनस ग्रन्थीहरू नाकको वरिपरिका हड्डीहरूमा पाइने हावा भरिएका खोक्रा संरचनाहरू हुन् । साइनसले टाउकोलाई हलुका बनाउन, स्वरलाई स्पष्ट बनाउन, श्वासक्रियामा सहजतापूर्वक श्वास लिन, अनुहारमा चोटपटक लाग्दा धेरै क्षति हुनबाट बचाउन सहयोग गर्ने जस्ता कार्य गर्दछन् ।
यी साइनसहरूमा प्राकृतिकरुपमा हावा भरिएको हुन्छ, तर यदि हावा भरिएको हड्डीको खोक्रो भाग सुन्निएर रातोतातो भई यसभित्र कफ जम्ने स्थितिलाई पिनास -साइनोसाइटिस) भनिन्छ ।

कारणहरू

१. एलर्जी ।

२. नाकमा मासु पलाउनु ।

३.नाकको हड्डी बाङ्गिनु ।

४. नाक, कान, घाँटी र दाँतको सङ्क्रमण ।

५. .माथिल्लो श्वासमार्गको सङ्क्रमण ।

६. भाइरसहरूको सङ्क्रमणः राइनो भाइरस, कोरोना भाइरस, इन्ˆलुएन्जा भाइरस, एडिनो भाइरस, प्यारा इन्ˆलुएन्जा भाइरस इन्टेरो भाइरस आदि ।

७. ब्याक्टेरिया: स्ट्रेप्टो कोकस निमोनी, हिमोफिलस इन्ˆलुएन्जा, मोराक्सेला क्याटार हृयालिस स्टाफाइलो कोकस अरिएस ।

८. ढुसीको सङ्क्रमणः कमजोर प्रतिरक्षा प्रणाली, जस्तैः मधुमेहका रोगी, एड्स आदिका बिरामीमा ढुसीको कारणले हुने पिनास ज्यादा देखिन्छ ।

९. रसायनहरूको गन्धः तिक्ष्ण रासायनहरूको गंधले पिनास ग्रन्थीको शोथ गराउदछ ।

के के खाने ?

१) मसलाहरूको सेवनः पिनास भएकाहरूले तिक्ष्ण स्वाद र उष्ण गुण भएका मसलाहरूको सेवन गर्दा वेश हुन्छ । जस्तैः लसुन, प्इाज, तोरी, ल्वाङ, मरिच, कडीपत्ता वेसा, ज्वानो, सौफ, अदुवा, हिङ ।

२) अमला र भुईकटहरको सेवनले पनि पिनास नियन्त्रणमा राम्रो भूमिका गर्दछ ।

३) खजुर, किसमिस, स्याउ, गैरअम्लिय ताजा फलफूल खाने गरौँ ।

४) तर पिनासको कारणले नाथ्री फुट्ने र रगत बग्ने अवस्था छ भने यी मसलाहरूको पहरेज गर्नुपर्छ ।

५) तातो पानीको सेवन, प्रशस्त झोल पदाथएको सेवन

६) तातो पानी र बेसार

के के नखाने ?

तारे-भुटेको, संरक्षित खाद्यान्न, कोल्ड डि्रङ्क, स्टार्चयुक्त खाना, सेतो चीनी, मैदा, भात, समोसा, कचौरी, पकौडी, केक, पिज्जा, बर्गर, तिक्ष्ण मसाल, माछा, मासु अण्डा चिज, पनीर, बटर, दुध एवं दुग्धजन्य पदार्थ ।