• आश्विन १३ २०८१, आईतवार

छठ पूजामा बनाइने प्रसाद ठेकुवा यसरी तयार गर्न सकिन्छ

मंसिर २ २०८०, शनिबार

 

हिन्दुहरुको दोस्रो ठूलो चाड तिहार सकिए लगत्तै तराई–मधेशमा छठ पर्वको चहलपहल शुरु भएको छ ।

सन्तानको प्राप्ति, दीर्घायु, आरोग्य र मनोकामना पूर्ण गर्नका लागि यो पर्व मनाइने गरिएको हो । यस पर्वमा षष्ठी माता र सूर्यको पूजा गरिन्छ । यी दुटै देवीदेउतालाई प्रशन्न पार्नका लागि कात्तिक शुक्ल षष्ठी उत्तम तिथि भएकाले नै यो पर्व सोही तिथिमा मनाइने गरिएको हो ।

ब्रतालुहरुले जलाशय नजिक बनाएको घाटमा विभिन्‍न परिकारहरु पर्वका पूजा, प्रसाद सामग्री ठेकुवा (गहुँको पिठो र सख्खर मिसाएर शुद्ध घिउ (घ्यू) मा बनाइने खास परिकार), भुसुवा (कसार) र अन्य मिष्टान्न परिकार, केरालगायतका सामग्रीहरु सूर्यलाई चढाउन राख्ने गर्दछन ।

ठेकुवाका मुख्य सामग्रीहरू गहुँको पीठो, चास्नी (पग्लिएको चिनी) र घिउ हुन्। शख्खर कहिलेकाहीँ चिनीको विकल्पको रूपमा प्रयोग गर्न यी चार मुख्य सामग्रीहरू प्रयोग गरेर मिश्रण तयार गरिन्छ र स्वाद बढाउन सुकुमेल वा अन्य मसलाहरू पनि थप्न सकिन्छ।

पिठोको मिश्रणको सा-सानो टुक्रा बनाएर गोलो आकार मा बेलिन्छ र एउटा विशेष साँचोको सहायता ले ठेकुवामा बुट्टा बनिइन्छ। त्यसपछि ठेकुवालाई तातो घिउ वा तेलामा तारिन्छ। ठेकुवाको रङ रातोमा परिणत भएपछि त्यसलाई तेलबाट निकालिन्छ। ठेकुवा सेलाएपछि कडा हुन्छ र खानको लागि तयार हुन्छ।

छठ पर्वको पवित्रता कायम राख्नको लागि प्रसादको ठेकुवाको तयारी सामान्यतया पूजा कोठामा गरिन्छ।

ठेकुवा बनाउन आवश्यक सामग्री
१. मैदा
२. चिनी
३. सुकमेलको धूलो्
४. नरिवलको धूलो
५. घिउ
६. दूध
७. तेल

ठेकुवा बनाउने तरिका
– तीन कप मैदा तथा डेढ कप चिनीमा सुकमेलको एक चम्चा धूलो मिसाउने अनि त्यसमा तिन चम्चा घिउ, नरिवलको धूलो आधा कचौरा, आधा गिलास मनतातो दूध, ५ चम्चा तेल हाली राम्रोसँग मोलेर डो बनाउने,
– उक्त डोलाई २० मिनेट छोपेर राख्ने,
– त्यो डोवाट स–साना गोला टुक्रा बनाएर चक्कु वा चम्चाले विभिन्न डिजाइन दिने,
– डोको मात्रा अनुसार कराईमा तेल तताउने र मध्यम आँचमा खैरो हुन्जेल ८–१० मिनेट फर्काउँदै पकाउने,
यसरी पकाइएको ठेकुवा लामो समयसम्म राखेर खान सकिन्छ । कुनै संरक्षकको आवश्यकता पर्दैन र यसलाई हावा नछिर्ने भाँडोमा धेरै दिनसम्म सुरक्षित राख्न सकिन्छ।