ड्रोन अहिले घातक अस्त्र साबित हुन थालेको छ । यसको दुरूपयोगका कारण यसो हुन गएको हो । युद्ध र लेकीछिपी आक्रमणमा ड्रोन ब्यापक प्रयोगमा आइरहेको छ ।
मानव रहित हुने भएकाले यो यन्त्रको प्रयोग आफैमा प्रयोगकर्ताका लागि हानीरहित साबित भए पनि यसबाट लक्षित भने आश्चर्यजनक घातक हमलाको सिकार हुने गरिरहेका छन् ।
ड्रोन अग्नि नियन्त्रण गर्न, विषादी औषधि छर्कन तथा उद्दार कार्यका लागि वरदान र अमूल्य साधक हो । तर यसको प्रयोग मानवले स्वयम् मानवविरूद्ध गर्न थालेपछि यो अभिषाप साबित हुन थालेको छ ।
प्रयोगका हिसाबले आफैमा वरदान र दरूपयोगका हिसाबले आफैमा अभिषाप साबित हुन गएको ड्रोनको सफल आविष्कार कहिले र कसरी हुन गयो ? निकै रोचक र मननयोग्य छ ।
यसको इतिहास कोट्याउन थाल्ने हो भने १८औं शताब्दीसम्म पुगिन्छ । १८औं अष्ट्रियाको भेनिस सहरमाथि सैन्य प्रयोजनका लागि उडाइएको गुब्बारा नै ड्रोनको पहिलो अभ्यास मानिन्छ । तर उडाएका ती गुब्बारालाई ड्रोन नामाकरण भने गरिएको थिएन ।
अहिलेको सैन्य निशाना साँध्ने ड्रोनलाई भेनिस सहरमाथि १८ औं शताब्दीमा उडाइएका गुब्बारासँग तुलना किन गरिन्छ भने ती गुब्बारामा बिष्फोटक पदार्थ भरेर पड्काउन प्रयोग गरिएका थिए ।
अष्ट्रियाको युद्ध समाप्तिपछि त्यस्ता बिष्फोटक गुब्बारा कहिल्यै प्रयोग गरिएनन् । किनकि बिष्फोटक पदार्थले भरिएका ती गुब्बारा ताकिएका निशाना भन्दा वरपर खसेर ठूलो मानव जोखिम सिर्जना गरेका थिए ।
त्यसपछिको गुणात्मक आविष्कार भनेको राइट दाजुभाइले गरेको हवाइजहाज ‘किट्टी हाक फ्लाइट’ को आविष्कार नै थियो । ड्रोनका रूपमा यसको प्रयोग बेलायतले जर्मनीमाथि आक्रमण गर्न बनाएको थियो ।
निकोला टेस्लाको बनोट डिजाइनमा निर्मित यो ‘रोस्टन प्रोक्टर एरियल टार्जेट’ ड्रोनलाई रेडियो सिग्नलद्वारा नियन्त्रण गरिएको थियो । बनावट र नियन्त्रण प्रक्रिया र प्रकृतिका हिसाबले यो आधुनिक ड्रोनजस्तै मानवरहित थियो । हाल ड्रोन शब्दावली निकै प्रचलनमा रहे पनि यसलाई युएभी (अन्नेम्ड एयर भेहिकल) अर्थात् मानवरहित विमान भनिन्छ ।
अहिले ड्रोनको प्रयोग बहुआयामिक रूपमा गरिँदै आएको छ । यसको प्रयोग बढी खोज अनुसन्धान र सुराकीका रूपमा गरिएको देखिन्छ ।
यसलाई मानवले ब्रह्माण्डमा मानवको विजयका लागि प्रयोग गरिरहेको छ भने मानवले मानवमाथि बदला लिन हतियारका रूपमा पनि प्रयोग पनि गर्दै आइरहेको छ ।
हालैका दिनमा इजरायलले प्यालेष्टाइनको गाजा क्षेत्रमा हमास दमनका नाममा र रूसले युक्रेन विरूद्ध युद्धका नाममा मानव रहित विमान प्रयोग गरिरहेका छन् ।