देशको अर्थतन्त्र र व्यापारको सन्तुलनका लागि देशको आयात र निर्यातको अवस्था सन्तुलन रहनु पर्ने सैद्धान्तिक मान्यता रहेको छ । आयातभन्दा निर्यात बढी भएमा देशको अर्थतन्त्र बलियो मानिन्छ । निर्यात कम भएमा देशको आन्तरिक बजार सशक्त नभएको चित्रित गरिंदै आएको देखिन्छ ।
नेपालमा वार्षिक कृषि, औद्योगिक, आन्तरिक उत्पादन, आपूर्ति र त्यसको आन्तरिकसहित बाह्य बजार विस्तारको अवस्था चाहिने जति राम्रो भएर गएको देखिदैन । नेपालमा उत्पादन हुने सामाग्रीका उत्पादन बढाउन नसकेर हरेक वर्ष नेपालको व्यापार घाटा बढ्दै गएको छ । कृषिमा प्रभावकारी काम गर्न सके व्यापार घाटा घटाउन सकिन्छ कि ?
तर २०७२ बैशाख १२ को भूकम्प र त्यसपछिका २०७१/०७२ का नाकाबन्दी, कोरोना २०१९ र २०७२/०७३ मा र त्यसपछि वर्षैपिच्छे हर वर्ष कुनै न कुनै कारणाले कृषि खेती र उत्पादनमा असर गर्यो । फलस्वरूप २०७२/०७३ को आर्थिक बृद्धि ०.७७ प्रतिशत रहन गयो । २०७९/०८० मा आर्थिक बृद्धि पनि ४ प्रतिशत भन्दा कम भयो ।
तर मूल्य २०७९/०८० मा ७ प्रतिशत रहन गयो । सन् २०१९ देखि २०२३ सम्म कोभिड–१९ बाट नेपालसहित विश्वका देशहरूमा अर्थतन्त्रलगायत अरू क्षेत्रमा असर पर्न गयो । आयातको तुलनामा न्यून मात्रामा निर्यात हुँदा नेपालको व्यापार घाटा बृद्धि भएको थियो ।
कृषिजन्य उत्पादन गर्न सके आयात व्यवस्थापन र निर्यातको बढोत्तरीको संभावना र तत्पश्चात् व्यापार घाटा घटने परिकल्पना गरिएको थियो ।
तर कृषि क्षेत्र व्यावसायिकताको रूपमा लगानी र उत्पादनको अवस्था कमजोर देखिन्छ । यसले गर्दा पनि कृषिजन्य उत्पादनको आयात बढेको–बढ्यै छ । स्वदेशी उत्पादन जस्तै अलैंची, चिया, कफी, गलैंचा, पश्मिना आदिको ब्रान्डिङ गरी बाह्य बजारमा निर्यात–बिक्रि वितरण गर्न सकिएको देखिदैन ।
बाह्य बजारमा राम्रो माग भएको कफी, चिया आदिको उत्पादन बढाउने भूमिका भएको निकायको विशेष ध्यानआकर्षण हुनु पर्दछ । अलैंची, अदुवाजस्ता वस्तुहरूको निर्यात संभावना भएको वस्तुमा पनि उत्पादन र निकासी पनि अपेक्षा अनुरूप बढ्न सकेको छैन । विगत केही वर्षका तथ्याङ्कअनुसार देशको आयात–निर्यातको अन्तर वर्षैपिच्छे बढ्दै गएको छ ।
पछिल्ला वर्षमा आयातभन्दा निर्यात झण्डै नौं गुणा भएको देखिन्छ । वार्षिक रू. ८ सय अर्बभन्दा बढीको आयात–निर्यातको व्यापार गर्ने देशले २०७२/०७३ मा कति हुने हो । निर्यात बढाउन सकिएको देखिदैन । आर्थिक वर्ष २०७१/०७२ मा रू. ६ खर्ब ९४ अर्बभन्दा बढीका सामान देशमा आयात भए । यस वर्ष व्यापार घाटा रू. ६ खर्ब १६ अर्ब भएको थियो ।
आयातमध्ये पेट्रोलियम पदार्थको आयातले गर्दा नै धान्न नसक्ने गरी व्यापार घाटा बढ्दै गएको छ । आयातित इन्धनमध्ये मुख्यतया सवारी साधन र लोडसेडिङका बेला बिजुली उत्पादनमा खर्च भइरहेको छ । उर्जाको अभाव, कृषि व्यवसाय परम्परागत रूपमा सञ्चालन हुनु र उच्च विप्रेषणलगायत कारणले देशको व्यापार घाटा चुंलिदै गएको भनिन्छ ।
निकासीउन्मुख वस्तुहरूका गुणस्तरिय उत्पादन ह्वात बढ्न नसक्नु नै व्यापार घाटाको कारण बन्न गएको देखिन्छ । पेट्रोलियम पदार्थपछि सबभन्दा बढी कृषिजन्य उत्पादन आयात गर्न बिदेशी मुद्रा खर्च भएको छ । तुलनात्मक रूपमा नेपालभन्दा भारतमा कृषि उत्पादन सस्तो भएका कारण वर्षेनी नेपालमा यस्ता वस्तुका आयात बढ्दैछन् ।
भारत सरकारले कृषि उत्पादन बढाउन मल, पानी, बीउ, कृषि औजारमा सहुलियत दिएको देखिन्छ । तर नेपालमा मलमा मात्र सहुलियत दिइएको छ । त्यसैले नेपालको उत्पादन भन्दा भारतको उत्पादन नेपालमा आयात गर्न सस्तो पर्दछ । विगत केही वर्षदेखि नेपालमा कृषि क्षेत्रमा काम गर्ने जनशक्तिको अभावले कृषि उत्पादन बढाउन पनि समस्या पर्न गएको छ ।
जनशक्ति नहँुदा दुई बाली लगाउने ठाउँमा एक बाली मात्र लगाउने गरिएको छ । त्यसर्थ, नेपालमा कृषि उत्पादन बढाउन कृषीकरण हुनु पर्ने, कृषकलाई प्रोत्साहन हुनु पर्ने र तुलनात्मक लाभका वस्तु विकास गर्नु पर्ने बताइन्छ । नेपालको कूल वैदेशिक व्यापार २०७९/०८० सालमा मा रू. १७६८ अर्ब थियो । यसै वर्ष कूल आयात रू. १६११ अर्ब रहेको देखिन्छ ।
त्यस्तै यस वर्ष नेपालको निर्यात रू. १५७ अर्ब र व्यापार घाटा रू. १४५४ भएको थियो । २०७९/०८० मा नेपालको निर्यात भन्दा आयात दश गुणा बढी भएको छ । नेपालबाट एक रूपियाको वस्तु निर्यात हुँदा १० रूपैयाँ बराबरको वस्तु आायात हुने पाइएको छ । नेपालको आयात र निर्यातको अनुपात १०.२६ पुगेको हो ।
आ.व. २०७८/०७९ मा एक रूपैयाँको वस्तु निर्यात हुँदा ९ रूपैयाँ ७० पैसाकोे वस्तु आयात भएको देखिन्छ । आ.व. २०७९/०८० को श्रावणदेखि पौष मसान्तसम्म केही वस्तुका आयात प्रतिबन्ध कायम रहे पनि कूल आयातमा त्यसको योगदानमा भन्दा बढी नै आयात घटेको पाइयो । व्यापार घाटा घट्नु सकारात्मक देखिए पनि सरकारी आयातमा गरेको कडाइले आयातमा कमी आएको हो ।
वनस्पति तेलको आयात र इन्धनको खपत कम हुँदा समग्र आयातमा कमी आएको हो । आयातको तुलनामा निर्यात धेरै घट्दा त्यति राम्रो मानिदैन । आ.व. २०९÷०८० मा भारतमा पाम तेलको भाग उच्च थियो । आ.व. २०७९/०८० मा भारतले पाम तेल, सन फ्लावर तेल, भटमासको तेल भन्सार महशुल घटाउँदा निर्यातमा उल्लेख्य कमी आई समग्र निर्यातमा कमी आएको हो ।
कच्चा पदार्थ आयात गरेर प्रशोधन निर्यात गर्ने वस्तुका निर्यातमा उल्लेख्य कमी आए पनि स्वदेशी उत्पादन अलैँची, चिया, अदुवाका निर्यात बढेको छ । केही वर्ष यताका आर्थिक वर्षमा निर्यात भएका प्रमुख वस्तुहरूमा पाम आयल, भटमासको तेल, अलैची, फलाम तथा स्टिलका वस्तुहरू, गलैंचा, तयारी पोशाक, कफी तथा चिया मुख्य छन् ।
खाद्यान्न नेपालको निर्यात भन्दा आयात कैयन् गुणा बढी छ । नेपालमा उत्पादित माछा–मासुको निर्यात विदेशी आयात भन्दा बढी देखिन्छ । त्यस्तै, देशबाट फलफूल नगण्य मात्रामा निकासी भएको देखिन्छ । तर फलफूल निकासी बढ्दैछ ।
नेपालबाट निर्यात हुने मुख्य उत्पादनमा रहेको कृषिजन्य वस्तुहरूको उत्पादन– निर्यातमा निरन्तर गिरावट वा ह्वात बढ्न नसक्नु र औद्योगिक उत्पादनमा सुधार नआउनुले देशको मुख्य पेशा कृषि नै सङ्कटमा रहेको अवस्थामा २०७२ को बैशाखको भुकम्पले कृषिको अवस्था आ.ब.२०७२/०७३ मा आर्थिक बृद्धिमा असर गरी बृद्धि दर ०.७७ प्रतिशत मात्र रहन गयो । स्थिति शोेचनीय देखिन्छ ।
देश विदेशी अर्थतन्त्रको भरमा हँुदै गएको देखिन्छ । यसरी देशको आन्तरिक उत्पादन कम हुँदै जाने र आयातमा मात्र आधारीत हँुदै गयो भने देश कुनै पनि बेला उठ्नै नसक्ने गरी आर्थिक सङ्कटमा फस्न सक्दछ । यस्तो स्थितिले मूल्यबृद्धि रोक्न आन्तरिक नीतिले सक्षम हँुदैन भने अर्कोतर्फ उत्पादकत्व बृद्धि नभएसम्म देशमा रोजगारीको अवस्थामा सुधार आउँदैन ।
वस्तुगत चित्रण गर्दा आ.व. २०९÷०८० मा भारतमा पाम तेलको भाग उच्च थियो । आ.व. २०७९÷०८० मा भारतले पाम तेल, सनफ्लावर तेल, भटमासको तेल भन्सार महशुल घटाउँदा निर्यातमा उल्लेख्य कमी आई समग्र निर्यातमा कमी आएको हो । कच्चा पदार्थ आयात गरेर प्रशोधन निर्यात गर्ने वस्तुका निर्यातमा उल्लेख्य कमी आए पनि स्वदेशी उत्पादन अलैँची, चिया, अदुवाका निर्यात बढेको छ ।
नेपालमा छिमेकी देशमा निर्यातमा केही सहुलियतको व्यवस्था पनि गरिदै आएको छ । तर नेपालबाट सहुुलियत दिएकै वस्तुको उत्पादन तथा निकासी बढ्न सकिरहेको छैन । व्यवस्थित तरिकाले कतिपय वस्तुहरूमा अनुदान बढाउन सकियो भने नेपालमा आयात प्रतिस्थापन गर्न सकिन्छ ।
तर भनिन्छ, यसलाई चाहिनेजति व्यवस्थित गर्न सकिएको देखिदैन । निर्यातको लक्ष्य अधुरै रहेको छ । व्यापार घाटाकम वा रोकिएको छैन । सरकारले वर्षैपिच्छे ल्याउने नीति तथा कार्यक्रममा निर्यात बढाएर आयात प्रतिस्थापन गरी आत्म निर्भर अर्थतन्त्रको परिकल्पना गरे पनि नतिजा निस्कन सकेको छैन ।