• मंसिर १७ २०८१, सोमबार

अमेरिका रबेलायतकाे लाइब्रेरीमा भेटियो लिम्पियाधुरा नेपालकै भएको नक्सा, सक्दो सेयर गरौं

आश्विन २७ २०८०, शनिबार

काठमाडौं । अमेरिकाको राजधानी वासिङटनडिसीस्थित लाइब्रेरी अफ कंग्रेस, जोग्राफी एन्ड म्याप डिभिजनमा क्याटलग नम्बर  G 7650 s 260.15  मा यो नक्सा संग्रहित छ । यो नक्सामा  Kalee R. अर्थात् कालीनदी देखिन्छ । यसबाट त्यसको उद्गम लिम्पियाधुरा हो भन्ने स्पष्ट बुझिन्छ ।

यो नक्सा प्रकाशित हुनुभन्दा ११ वर्षअघि सन् १८१६ मा भएको सुगौली सन्धि अनुसार कालीनदी सीमा नदी भएकोले त्यो भन्दा पूर्व नेपाल र पश्चिम भारत हो । नदी भन्दा पूर्व नेपालमा कालापानी हट स्प्रिङ लेखेको देखिन्छ । यो नक्सा भन्छ–नाभी गाउँ पनि नेपाल हो ।

१८५६ को नक्सा : ब्रिटिस म्युजियम लाइब्रेरी, लन्डन : यो नक्सा बेलायतको लन्डनस्थित ब्रिटिस म्युजियम लाइब्रेरीको इन्डिया अफिस रेकर्ड, म्याप कलेक्सन सेफमार्क नम्बर  IOR.X/2996/1  मा संग्रहित छ । तर, १८७९ मा ब्रिटिस भारतले अर्को नक्सा निकाल्यो जसमा कार्टोग्राफिक संकेत चिह्नबाट नेपाली भूमि कुटी, नाभी र गुन्जीलाई भारतमा पार्यो ।

अझ वर्तमान भारतले त लिपुखोला भन्दा यता आएर कालापानी पनि कब्जा गरेको छ । गत २ नोभेम्बरमा भारत आफैले प्रकाशित गरेको नक्सामा पनि लिम्पियाधुराबाट आएको नदीलाई कालीनदी भनिएको छ । तर, त्यसको ६ दिनपछि काली लेखेको मेटिएर नयाँ नक्सा सार्वजनिक गरियो ।

सीमाविदको सीमाहीन खुसीचीन, बेलायत र अमेरिकाका लाइब्रेरीबाट ऐतिहासिक नक्सा संकलन गरेपछि बुद्धिनारायण श्रेष्ठले लिम्पियाधुरासमेत समेटिएकोे नक्सा कोरेर किताबमा प्रकाशित गरेका थिए । बुद्धिनारायण श्रेष्ठले ‘चुच्चे नक्सा’ देखाउँदा कतिपय नेता हँसिमजाक गर्थे, तर अहिले त्यही नक्सा देशको आधिकारिक मानचित्र बनेको छ ।