काठमाडौं । घरेलु हिंसाको विषयवस्तु उठान गरिएको पारिवारिक टेलिचलचित्र ‘सीता’को प्रसारण सुरु भएको छ । सहिन प्रजापतिको लेखन तथा निर्देशनमा बनेको टेलिचलचित्र हिमालय प्रिमियम टेलिभिजनबाट प्रसारण सुरु भएको हो ।
हरेक मंगलबार राती ८ बजे टेलिभिजनबाट प्रसारण हुने टेलिचलचित्र आरटी इन्टरटेन्मेन्ट युट्युब च्यानलमार्फत् आफूले चाहेको समयमा हेर्न सकिनेछ ।
गरिबिको पीडा, महिला माथिको विभेद, शिक्षाबाट बञ्चित चेलीको अवस्था र सामाजिक समस्याहरुलाई चलचित्रमा मुख्य रुपमा उठान गरिएको छ । ‘सीता’ नाम दिएर टेलिचलचित्रमा विम्बको रुपमा प्रस्तुत गरिएको छ । ‘सीता’को भूमिकामा सुनिसा बजगाईंले सशक्त अभिनय गरेकी छिन् ।
त्यस्तै लेखक तथा निर्देशक सहिन प्रजापतिको अभिनय पनि हेर्न सकिन्छ । त्यस्तै बालकृष्ण ओलीले सीताको जड्याहा श्रीमानको भूमिका निभाएका छन् । त्यस्तै राजु भुजु, सविता गुरुङ, तारा केसी, आरके मानन्धर, बासु खनाल, उत्तम आचार्य लगायतको मुख्य भूमिका देख्न सकिन्छ ।