नेपालमा खानीको खोजी निकै कम मात्र भएको छ । कतैकतै सुनको खोजी गरिए पनि फलाम त्यो भन्दा अलि बढी नै प्रयोगमा आएको पाइन्छ । युरेनियमको खोजी त भएको पनि छैन । तर संभावना भने रहेको मानिन्छ । विश्वमा सबैभन्दा बढी महंगो भनेको युरेनियम धातु नै हो । अचम्मको कुरो त के छ भने नेपालका जसरी विविधता छ, त्यो खानीमा पनि पाइन्छ । युरेनियम नेपालमा पनि छ ।
हिमाल पारिको जिल्लाको रूपमा चिनिने मुस्ताङ जिल्लाको लोमन्थाङको वरिपरि बहुमूल्य युरेनियमको ठूलो खानी रहेको कुरा चर्चामा आउने गरेको छ । खानी तथा भूगर्भ विभागको टोलीले हालै मात्र यो कुरा पत्ता लगाएको मानिन्छ । युरेनियमको खानी लोमान्थाङको करिब १० किलो मिटर लम्बाइ र ३ किलोमिटर चौडाइको क्षेत्रमा फैलिएको मानिएको छ ।
यो त नेपाल जस्तो देशका लागि युरेनियमको भण्डार नै हो । मकवानपुरमा पनि युरेनियम रहेको जानकारीका आएको भूगर्भविदहरूले बताउने गरेका छन् । तर नेपाल सरकार यसका बारेमा अनविज्ञ भएको झैं गरिरहेको छ ।
आज विश्वमा जति पनि वैज्ञानिक चमत्कार भएका छन्, ती सबै युरेनियमका कारणले भएका हुन् । विश्वका विकसित देशहरूले आणविक भट्टीको विकास गरेर अणु तथा परमाणु बमहरू बनाएका छन् । अन्तरीक्षमा खोजीका लागि यानहरू पठाएका छन् । हाम्रै छिेकी देशहरू चीन र भारतले आणविक भट्टीको विकास गरी धेरै अगाडि पुगिसकेका छन् । अन्तरीक्षमा रकेट प्रक्षेपण युरनियमकै उर्जाबाट मात्र संभव भएको हो ।
युरेनियम आफैमा एक रेडियोधर्मी पदार्थ हो । यो धातु पनि हो । यसलाई खनिज तत्वका रूपमा लिइन्छ । यसले लगातार ऊर्जावान विकिरणहरू पैदा गरिरहने गर्दछ । यसको आयु अरू धातुहरूको भन्दा कैयौं वर्षसम्म रहि नै रहन्छ । हाल युरेनियम एकिन गर्न विश्वमा विशेषज्ञहरू तथा यन्त्रहरू खटिरहेका छन् ।
युरेनियम रहेका क्षेत्रहरू कब्जा र निरन्तर स्रोत दोहनका लागि विकसित भनिने देशहरू अविकसित भनिने देशहरूमाथि युद्ध थोपरेर पनि लागिपरिरहेका छन् । खानीबाट निकालिएको युरेनियमलाई जस्ताको तस्तै प्रयोग गर्न सकिदैन । त्यसलाई प्रशोधन गर्नु पर्दछ । यसका लागि आधुनिक मेसिनहरू तथा प्रविधिहरूका साथै ज्ञान र सीपको आवश्यकता पर्दछ । विज्ञहरूका अनुसार यो २८८० डिग्री तापक्रममा मात्र पग्लन्छ ।
यसको उपयोग भनेको ऊर्जा उत्पादन, चिकित्साशास्त्र, औद्योगिक र भौगर्भिक अध्ययनका लागि गरिन्छ । यो अत्यन्त बहुमूल्य धातु हो । यसको अभावमा आणविक बम तथा परमाणु परीक्षण सम्भव पनि हुँदैन । बेल्जियम, बुल्गेरिया, चेक गणतन्त्र, फिनल्याण्ड, फ्रान्स, हंगेरी, जापान, दक्षिण कोरिया, स्लोभाकिया, स्लोभेनिया, स्वीडेन, स्विट्जरल्याण्ड र युक्रेनमा ३०५ वा यो भन्दा बढी देशमा अहिले विजुली नै युरेनियमको आणविक भट्टीबाट उत्पादन गरी वितरण गरिएको छ ।
काजकास्तान, क्यानडा, अष्टेलिया, नामिविया, रसिया जस्ता देशहरूमा त युरेनियमको अथाह खानी छ र त्यहाँ कल्पना गरिए भन्दा बढी यसको उत्पादन र उपयोग गरिएको छ । हाल यसको नयाँ नयाँ खोजी र उत्खनन् भइरहेको छ ।
पछिल्ला अनुसन्धान अनुसार नेपालमा माथिल्लो मुस्ताङको लोमान्थाङमात्र नभएर अन्यत्र पनि यसको खोजी र अनुसन्धान भइरहेको छ । मकवानपुर तीनभंगाले, मकवानपुरकै चिरूवा खोला र चाँदे खोला, काठमाडौंको जगते, बझाङको सेनगढ, निम्लीगढ, देभलेक, लाङटाङ हिमालमा युरेनियमको प्रशस्त भण्डार रहेको मानिएको छ । यसका साथै देशका अन्य भागहरूमा पनि युरेनियमको खानी भएको ठानिएको छ ।
नेपालको भूबनोट जन्मका हिसाबले सबैभन्दा कानछो भूबनोट हो । यहाँ हरेक किसिमका खानीहरू पाइने संभावनालाई नकार्न सकिदैन । कतैकतै त यसको तस्करी भइरहेको पनि भनिने गरिएको छ । बैतडी र दार्चुला जिल्लाको चमेलिया खोलाबाट सुन निकालिइरहेको कुरा पनि निकै चर्चामा आएको छ । तर युरेनियम उत्खनन् र प्रशोधनका लागि भने त्यसो गरिएको पाइएको छैन ।
विश्वमा सबैभन्दा खतरनाक दोस्रो विश्वयुद्धमा जापानको हिरोसिमा र नागासाकीमा अमेरीकाले हानेका दुई शक्तिशाली पनि यिनै युरेनियम बाट बनेका हुन् । यी एटम बमले धेरै नै ठूलो धनजनको क्षति भएको थियो ।
सन् १९४५ युरेनियम–२३५ बाट निर्मित लिटिल ब्वाय र युरेनियम–२३८ बाट परिमार्जित गरी बनाइएको फ्याट म्यान नामका परमाणु बम जापानको हिरोसिमा र नागासाकीमा विस्फोट गराइएको थियो । यसबाट ७५ हजार मानिस मारिए भने ५० हजार भवनहरू ध्वस्त भएका थिए ।