काठमाडौँ । प्याज स्वास्थ्यका लागि पनि निकै लाभदायक छ । कतिपय मानिसहरु त प्याजलाई तरकारीमा हालेर खाने गर्दछन् भने कतिले काँचो प्याज समेत गर्ने गर्दछन् । काँचो प्याज खानु स्वास्थ्यका लागि निकै फाइदाजनक छ ।
सल्फर, एमिनो एसिड, एन्टीवायोटिक्स, फाइवर, क्याल्शियम, आयोडीन, फस्फोरस, मिनरल्स र भिटामिनका गुणहरुले भरिपूर्ण काँचो प्याजको सेवनले गम्भीर बिरामीहरुलाई जरैदेखि हटाउने क्षमता राख्दछ ।
यस्ता छन्, काँचो प्याज खादाका फाइदाहरु
प्याजमा एमिनो एसिड पाइन्छ । यसले सबै खराब कोलेस्ट्रोल कम गर्र्नुका साथै राम्रो कोलेस्ट्रोलको मात्रा बढाउँछ ।
प्याज सेवन गर्ने हो भने हाई ब्लडप्रेसर नियन्त्रण गर्छ । यसले हाई ब्लड प्रेसरलाई सामान्य अवस्थामा झार्न सक्छ ।
प्याज खाँदा शरीरमा इन्सुलिन पैदा हुन्छ । यसले गर्दा डाइबेटिजका रोगीलाई काँचो प्याज खाँदा लाभदायी हुन सक्छ ।
काँ’चो प्याजमा फाइबर धेरै पाइन्छ, जसले पे’टमा टाँ’सिएको चिजलाई बाहिर निकाल्न मद्दत गर्छ ।
काँचो प्याज खानाले पेट सफा गर्न पनि मद्दत गर्छ । यसले कब्जियतको समस्या देखिने बिरामीलाई पनि फाइदा हुन्छ । काँचो प्याज खानाले नाकबाट वेला–वेलामा बग्ने रगत पनि रोक्न सक्छ । नाकबाट रगत बग्न थाल्यो भने काँचो प्याज सुँघ्नुपर्छ ।
काँचो प्याज खानुका फाइदा
१. क्यान्सरसँग लड्छः युनिभर्सिटी अफ गुएल्फका अनुसार रातो प्याजले स्तन र पेटको क्यान्सरलाई नष्ट गर्न सहयोग गर्छ । यसमा क्वेरसेटिन र एन्थोसायनिन तत्व अत्यधिक पाइने हुनाले क्यान्सरको जीवाणुलाई नष्ट गर्छ ।
२. मुटु स्वस्थ राख्छःरातो प्याजमा पाइने फ्लेभोनोइडले मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ । यसमा ओर्ग्यानोसल्फर पनि अत्यधिक पाइने भएकाले मुटु रोगबाट लड्न सहयोग गर्छ । अर्जेन्टिनामा भएको एक शोधका अनसार प्याजमा पाइने ओर्ग्यानोसल्फरले हृदय रोगको समस्यालाई टाढै राख्छ । प्याजमा हुने थियोसल्फिनेट तत्वले रगतलाई प्राकृतिक रुपमा पातलो बनाएर हृदयघातबाट जोगाउँछ ।
प्याजले कोलेस्ट्रोलको स्तरलाई पनि नियन्त्रणमा राख्छ । जसका कारण मुटु स्वस्थ हुन्छ । क्याम्ब्रिज युनिभर्सिटी प्रेसको एक रिपोर्ट अनुसार प्याजमा पाइने फ्ल्याभोनोइड्सले मोटो व्यक्तिहरुको ‘ब्याड कोलेस्ट्रोल’ हटाउन सहयोग गर्छ ।
३. र’गतमा चीनिको मात्रा घटाउँछः प्याजमा पाइने सल्फर (एस–मिथाइलसिस्टेन) र क्वेरसेटिनले र’ गतमा चीनिको मात्रा कम गर्न सहयोग गर्छ । यद्यपी, प्याजलाई नियमित रुपमा मधुमेहको औषधीसँगै खाँदा मात्र यसले प्रभावकारी ढङ्गले काम गर्छ ।
४. पाचन क्रियालाई मजबुत बनाउँछः प्याजमा पाइने इनुलिन नामको फाइबरले पाचन क्रियालाई बलियो बनाउने काम गर्छ । इनुनिलले आन्द्राका लागि आवश्यक ब्याक्टेरिया पैदा गर्दछ । यो फाइबर खाँदा यसले शरिरमा स्वस्थ ब्याक्टेरियाको स्तरलाई कायम राख्न सहयोग गर्छ ।
प्याजमा पाइने अर्को प्रकारको फाइबर – ओलिगोफ्रुक्टोसले विभिन्न प्रकारको झाडालाई निको पार्ने क्षमता राख्छ । यस्तै फाइटोकेमिकल तत्वले ग्यास्ट्रिक अल्सरको जोखिमलाई नियन्त्रणमा राख्छ । प्याजमा पाइने प्राकृतिक प्रिबायोटिक्सले कब्जियतमा पनि राहत दिलाउँछ । प्याजले पेट दुख्ने समस्या, पेटको किरालाई नष्ट गर्ने गर्दछ ।
५. रोग प्रतिरोधी क्षमतामा वृद्धिः प्याजमा सेलेनियम हुन्छ जसले रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्छ । यसमा पाइने मिनरलले पनि रोगबाट लड्ने क्षमता प्रदान गर्छ । प्याजलाई रसियामा रुघा खोकी लाग्दा औषधीको रुपमा प्रयोग गरिन्छ ।
६. निन्द्रामा सुधारः प्याजमा प्रोबायोटिक हुन्छ जसले निन्द्रामा सुधार र तनाव कम गर्ने अनुसन्धानले बताएको छ ।
७. स्वस्थ यौन स्वास्थ्यः पश्चिमी युगान्डामा प्याजलाई बाँझोपन र इरेक्टाइल डिस्फक्सनमा उपचारका लागि प्रयोग गरिन्छ । प्याजले विशेषगरी पुरुषलाई फाइदा गर्ने बताइएको छ । प्याजको रसमा मह मिसाएर पिउँदा पुरुषको प्रजनन क्षमतामा वृद्धि गर्दछ ।