काठमाडौँ । अभिनेत्री आचल शर्माले आफूमाथि भन्दै नभनेको विषयलाई लिएर सामाजिक सञ्जालमा गालीगलोज भएको भन्दै त्यसरी गालीगलोज गर्नेमाथि कानुनी कारबाहीका लागि गएकाे बताएकी छन् । उनले साइबर ब्यूराेमा उजुरी दिएकी छन् ।
उनले गर्दै नगरेको र भन्दै नभनेको कुरालाई लिएर विगत दुई तीन दिनदेखि सामाजिक सञ्जालमा गाली खाइरहेको बताएकी छन् ।
उनले अब सहन नसक्ने भएको भन्दै कानुनी कारबाहीको बाटोमा जान बाध्य भएको बताएकी छन् । उनले आफूलाई यातना दिएर सामाजिक सञ्जालमा मेन्टल हेल्थको भाषण दिन बन्द गुर्नहोस् भन्दै आक्रोश पोखेकी छन् ।
एक फेशन शोमा उनले प्रतियोगीमाथि नराम्रो कमेन्ट गरेको भन्दै सामाजिक सञ्जालमा उनको आलोचना भइरहेको छ ।