• मंसिर १३ २०८१, बिहीबार

ग्यास्ट्रिकको समस्या भनेको के हो ? यसरी गर्नुहोस् घरैमा उपचार

असार २१ २०८०, बिहीबार

ग्यास्ट्रिकको सहि नाम पनि ग्यास्ट्राइटिस (Gastritis) अर्थात् बोलीचालीको भाषामा ग्यास्ट्रिक (Gastric) भनिने गरिन्छ । “भनिन्छ हरेक नेपालीलाई ग्यास्ट्रिक छ ।” पेट दुख्ने, पोल्ने, अम्लपित्त बढ्नेलगायतका लक्षणयुक्त समस्याको चिकित्सकीय नाम ग्यास्ट्रिक हो । ग्यास्ट्रिकको समस्याले पेटमा ग्यास बन्छ । यस्तो अवस्थामा पेट फुल्छ र पीडा हुन थाल्छ । खानपान गर्ने तरिका नमिल्दा ग्यास्ट्रिकको समस्याले सताउने गर्छ । पेट दुख्नेबित्तिकै ग्यास्ट्रिक नै भएको हो भन्न त सकिन्न । हजारौँ कारणले पेट दुख्छ । तर पेटको माथिल्लो भागमा इन्फेक्सन हुनुलाई ग्यास्ट्रिक भनिन्छ ।

ग्यास्ट्रिक भनेको पेटको भित्री भाग सुन्निनु, ग्यास बढ्नु भन्ने हुन्छ । यस्तो समस्या भएमा पेट फुल्ने, हावा भरिएको अनुभूति हुने, खानेकुरा राम्ररी नपच्ने, लामो समय नखाँदा पेट पोल्ने, खान मन नलाग्ने, ढ्याउ आइरहनेलगायत समस्या हुन्छन् ।यसले पाचन प्रणालीमा पनि बाधा उत्पन्न गराउँछ । जसले गर्दा शरीरमा रगत, क्याल्सियमलगायत कमी हुन जान्छ । यसको समयमै उपचार नगरेमा पेटको अल्सर र क्यान्सर नै हुन सक्छ । त्यसैले ग्यास्ट्रिक भएका व्यक्तिले खानपानमा विशेष ध्यान दिनुपर्छ ।

मानसिक तनाव धेरै लिँदा, धेरै मात्रामा चिया, कफी, चुरोट र रक्सीको सेवन गर्दा पनि ग्यास्ट्रिकले सताउँछ । साथै जथाभावी दुखाई कम गर्ने र धेरै प्रकारका औषधि र पिरो, धेरै चिल्लो, लामो समयसम्म प्याकेटमा राखेको खाना खाँदा र लामो समयसम्म खालि पेट बस्ने मान्छेलाई ग्यास्ट्रिकले सताउँछ ।

ग्यास्ट्रिक भएकाले कागती, सुन्तला, निबुवा, भोगटे आदि फल पर्छन् । यस्तो समस्या भएकालाई टमाटरले पनि थप असर पुयाउँछ ।कसै–कसैले यसको थोरै प्रयोगले त्यति असर नगर्ने भए पनि खाँदैनखानु उत्तम हुन्छ ।

ग्यास्ट्रिकका कारण धेरैले आजभोलि टेन्सन पाइरहेका छन् । पेटमा अतिरिक्त अमिलो जम्मा भएपछि ग्यास्ट्रिक हुने गर्छ । ग्यास्ट्रिक बिग्रियो भने अल्सर तथा क्यान्सर पनि हुन सक्छ । जटिल खाद्य पदार्थका लागि शरीरमा एसिडको मात्रा सामान्य हुनु जरुरी पनि हुन् । एसिडिटी कम भए पनि बढी भए पनि यसले पेटमा समस्या पारिदिन्छ । तपाईंमध्ये धेरैलाई थाहा नहुन सक्छ, तनावले पनि ग्यास्ट्रिक बढाउन मद्दत गरिरहेको हुन्छ । अधिक धुम्रपान र अल्कोहलले पनि ग्यास्ट्रिक हुने गर्छ । धेरै चिल्लो, पीरो, तातो खानाले पनि एसिडिटी गराउने गर्छ ।

ग्यास्ट्रिकबाट बच्नका लागि ग्रीन टीको अवधारणा आएको छ । पुदिनायुक्त हर्बल चिया पिउँदा यसले ग्यास्ट्रिक कम गर्दै लैजान्छ । र, बिहान उठ्नासाथ पानी पिउँदा पनि केही मात्रामा ग्यास्ट्रिकबाट बचाउन सक्छ । यस्तै समयमा खाना खाना खाने हो भने ग्यास्ट्रिकबाट बच्न सकिन्छ ।

१ प्रशस्त पानी पिउनेः लगातार पानी पिउँदा पेटमा ग्यास जम्मा हुन पाउँदैन । जिउमा समेत पानीको सन्तुलन कायम राख्छ । तर, पानीको सट्टा कोक, फ्यान्टा जस्ता कोल्डड्रिङसको प्रयोग गर्नुहुँदैन । यसले पेटमा ग्याँस बढाउँछ

२ लसुन पानीको प्रयोगः बिहान उठ्नासाथ दुई–तीन पोटी लसुन पानीसँग खाने हो भने ग्यास्ट्रिक भएकाहरलाई फायदा गर्छ । उच्च रक्तचाप भएकालाई समेत यसले फाइदा गर्छ

३ खाना समयमा खानेः ग्यास्ट्रिक भएकाहरुले समेतसम्म प्रत्येक दुई घण्टाको फरकमा खाना खाने गर्नुपर्छ । लामो समय केही नखाँदा पेटमा हावा भरिएर यसले समस्या उत्पन्न गर्छ

४ कागती पानीको प्रयोगः पेटमा धेरै ग्यास भएको अवस्थामा कागती पानी पिउने गर्नुपर्छ । यसले ग्याँस हटाउने काम गर्छ र पेट फुल्न दिँदैन

५ कार्बोहाइड्रड कम खानेः पेटमा ग्यास जमेर गाह्रो हुने भएकोले बियर, वाइन, मकै, राज्मा, बन्दा, प्याजजस्ता खानेकुराबाट टाढै बस्नु उपयुक्त हुन्छ

६ दूध नपिउनेः ग्यास्ट्रिक भएकालाई दूधले फाइदा गर्दैन । पचाउन गाह्रो पर्ने भएकाले दूध नखानु नै बेस हुन्छ । यसको सट्टा दही र दूधबाट बनेका अन्य परिकार खानु राम्रो हुन्छ ।