• आश्विन १४ २०८१, सोमबार

नेपाल मगर संघद्वारा वैदेशिक शाखा मलेसियाका पदाधिकारी सम्मानित

असार १४ २०८०, बिहीबार

काठमाडौँ। नेपाल मगर संघले आफ्नो संगठनको बैदेशिक शाखा मलेसियाका पदाधिकारीलाई  सम्मान गरेको छ । बिहिबार काठमाडौँको   कलंकीस्थित संघको मूल घरमा संघका अध्यक्ष ज्ञानेन्द्र पुनमगरद्वारा फेटा गुठेर मगर संघ मलेसियाका वरिष्ठ उपाध्यक्ष सन्जय मगर र वरिष्ठ सल्ल्हकार भूपाल झाँक्री मगरलाई सम्मान गरिएको हो । मगर संघ मलेसियाद्धारा नेपाल आविष्कार केन्द्रलाई सहयोग गर्नका निम्ति मगर र झाँक्री मगर नेपाल आएका हुन् ।

सम्मान कार्यक्रममा बोल्दै  संघका अध्यक्ष ज्ञानेन्द्र पुनमगरले विदेशमा रहेर हप्ताभरी गरेर सहयोग गर्ने मगर दाजुभाईको मेहनेतप्रति सम्मान व्यक्त गरे ।  मगर संघले मगर समुदायको मेहनेतको पनि अवश्य मूल्याङ्कन गर्ने  अध्यक्ष मगरको भनाई छ ।

विभिन्न सन्दर्भमा  मगर संघलाई सहयोग हस्तान्त्रण गर्दै आइएकाले आगामी दिनमा पनि यसलाई निरन्तरता दिँदै जाने तर सामाजिक संञ्जालको झुटो खबरप्रति विश्वास नगर्न उनले अनुरोध गरे । कार्यक्रममार्फत अध्यक्ष पुनले  संघको दस्तावेज बनाउने र लखन थापा  बहुउद्धेश्यीय संग्रालय बनाउने तयारीमा रहेको पनि जानकारी दिए ।

सम्मान कार्यक्रममा मगर संघ मलेसियाका वरिष्ठ उपाध्यक्ष सन्जय मगरले मलेसियाको सानो सहयोगलाई महाविर पुनसम्म पुर्याउन सहयोग गरेकोमा मगर संघप्रति धन्यवाद प्रकट गरे ।

त्यसैगरी अर्का अतिथि  तथा मगर संघ मलेसियाका वरिष्ठ सल्ल्हकार भूपाल झाँक्री मगरले  मगर संघबाट सम्मान पाउँदा आफू  खुशी भएको बताए । उनले मगर संघसंग हातेमालो गर्दै आएको र आगामी दिनमा पनि यसरी नै सहयोग गर्ने बताए । इमानदारिताका साथ काममा लागेकाले सम्मान पाएको महसुस भएको उनको भनाई छ ।