• मंसिर १३ २०८१, बिहीबार

बिहानै पानी यसरी पिउनुहोस्,शरीरलाई फाइदै फाइदा 

असार १२ २०८०, मंगलवार

पानी अत्यन्त महत्त्वपूर्ण तत्त्व हो। मानव शरीरलाई खाना जस्तै पानी पनि आवश्यक छ ।

शरीरको तापक्रम नियन्त्रण गर्ने, विषाक्त पदार्थहरुको निष्काशनमा सहयोग पुर्याहउने काम पनि पानीले नै गर्छ। एउटा व्यस्क पुरुषको शरीरमा ५५ देखि ७० प्रतिशत र महिलाको शरीरमा ४५ देखि ६० प्रतिशत पानी हुन्छ। शरीरमा रहने पानीको दुई तिहाई हिस्सा कोषहरुभित्र हुन्छ भने एक तिहाई हिस्सा रगत र कोषहरुको वरिपरिको खाली ठाउँमा रहन्छ। 

शरीरमा पानीको सन्तुलन बनाइरहनका लागि लगभग दैनिक ३ देखि ५ लिटर पानीको आवश्यकता पर्छ। जसमध्ये ७०० मिलिलिटर (मिलि) पानी खानाको माध्यम भएर प्रवेश गर्छ भने ३०० मिलि पानी शरीरभित्रै उत्पन्न हुने गर्छ। बाँकी हिस्सा भने पानी पिएर नै पूरा गर्नुपर्छ। यसैगरी शरीरबाट हरेक दिन ४५० मिलि पानी छालाबाट उडेर, ४०० मिलि पानी श्वाससँगै घुलेर, १५० मिलि पानी दिशासँग मिसिएर र बाँकी पानी पिसाबका रूपमा बाहिर जान्छ। 

पानी पिउन सामान्य दैनिकी भएतापनि शरीरलाई स्वस्थ राख्न पानी पिउने समय र तरिकाबारे थाहा पाउनु जरुरी छ । 

शरीरमा पानीको उचित मात्रा कति ?

शरीरमा पानीको मात्रा फोक्सो ९० प्रतिशत, रगत ८२ प्रतिशत, छाला ८० प्रतिशत, मांस पिण्ड ७५ प्रतिशत, मष्तिष्क ७० प्रतिशत, हड्डी २२ प्रतिशत रहेको हुन्छ ।

प्रत्येक मानिसलाई साधारणतया दैनिकरूपमा तीन देखि चार लिटर वा १०/१२ गिलास पानी आवश्यक पर्छ । यो मात्रा स्थानीय हावापानी, तापक्रम, व्यक्तिको श्रमको अवस्था आदिमा भर पर्छ । यो कुरा व्यक्तिको प्रकृति, जीवनशैली आदिमा पनि भर पर्छ ।

धेरै पानी पिए पनि खतरा हुन सक्छ । कम पानी पिए फोहोरलाई बाहिर निष्कासन गर्न गाह्रो पर्छ । जसको पेट सफा हुन्छ, उसलाई रोग लाग्ने सम्भावना कम हुन्छ ।

ठिक तरिकाबाट पानी पिउनाले बिषाक्त तत्व पनि बाहिर निष्काशन गर्न सक्छ । कहिले धेरै, कहिले थोरै पानी खानु हुँदैन । खानेकुरा र पानीको मात्रा मिलाएर मात्रै सेवन गर्न जरुरी छ । सधैँ केही समयको अन्तर राखी पानी पिउने गर्नुपर्छ । जति धेरै पानी बाहिरिन्छ, उति धेरै पानी पिउनुपर्ने विज्ञहरूको सुझाव छ । पानीसँगै झोल पदार्थ भएका खानेकुरा पनि प्रयोग गर्नुपर्छ ।