• मंसिर १२ २०८१, बुधबार

आज विश्व शरणार्थी दिवस, नेपालमा रहेका शरणार्थीले कसरी मनाउलान् ?

असार ५ २०८०, मंगलवार

आज विश्व शरणार्थी दिवस । वर्षेनी जुन २० का दिन विश्वमा अलपत्र परेका मानिसहरुकोको लागि यो दिवस मनाउने गरिन्छ ।

शरणार्थी सम्बन्धी घोषणापत्र १९५१ जारी भएको ५० वर्ष पुगेको सन्दर्भमा ४ डिसेम्बर २००० मा संयुक्त राष्ट्र सङ्घको साधारण सभाले २००१ जुन २० देखि अन्तर्राष्ट्रिय स्तरमा शरणार्थी दिवस मनाउने निर्णय गरेको थियो । द्वन्द्व, हिंसालगायतका कारणले विश्वमा धेरै मानिस आफ्नो थातथलो छाड्न बाध्य हुने गरेका छन् ।

विश्व शरणार्थी दिवस २०२३ को नारा Finding Freedom राखिएको छ । यो नाराको अर्थ जोसुकै भए पनि, जुनसुकै बेला पनि र जहाँका जस्ता मानिस भए पनि उनीहरूलाई समानता सहित स्वतन्त्रता पाउने अधिकार रहन्छ भन्ने अर्थ लाग्दछ ।

तिनीहरू जोसुकै भए पनि भाग्न बाध्य मानिसहरूलाई सम्मानपूर्वक व्यवहार गर्नुपर्छ। जो कोहीले सुरक्षा खोज्न सक्छ, चाहे तिनीहरू को हुन् वा तिनीहरूले के धर्ममा विश्वास गर्छन् भन्ने तथ्यभन्दा बाहिर रहेर सुरक्षा खोज्नु मानव अधिकार हो। जहाँबाट आए पनि भाग्न बाध्य मानिसहरूलाई स्वागत गर्नुपर्छ। जोखिमबाट जोगिन विमान, डुङ्गा, वा पैदल यात्रा गरेर नै शरणार्थीहरू विश्वभरबाट आउँछन्। उनीहरूले सुरक्षा खोज्ने अधिकार सार्वभौमिक रहन्छ ।

भुटानबाट आएका करिब ५० हजार शरणार्थीमध्ये धेरैलाई अस्ट्रेलिया, क्यानडा, डेनमार्क, नेदरल्याण्ड, न्यूजिल्याण्ड, नर्वे, बेलायत, अमेरिकालगायतका तेश्रो देशमा पुनर्वास गराइएको छ । शरणार्थीको तेस्रो मुलुक पुनर्वासको क्रमले निम्तिएको नक्कली शरणार्थी प्रकरण निकै चर्चा पाइरहेकोबेला यो विषयले विश्वमा नै नेपालको प्रतिष्ठामा आँच आउने काम भएको छ । शरणार्थीको हितको लागि काम गर्नुपर्ने निकायले नै शरणार्थीको नामको गलत प्रयोग गरेर भ्रष्टाचार गरेपछि अब यस्तो अवस्थामा आज नेपालमा रहेका शरणार्थीले यो दिवस कसरी मनाउलान् ?