ओटीटी प्लेटफर्म सिनेमा चर्चामा रहँदै गर्दा यसको वेभ सिरिजले विश्वमा नयाँ तहल्का कायम गर्न थालेको छ । यो विश्वका विभिन्न भागमा नयाँ पहिचानसहित चर्चामा आउन थालेपछि अबका दिनमा वेभ सिरिज मुख्य पर्दा बन्दै जाने देखिन्छ ।
विश्वका विभिन्न फिल्म उद्योगका शीर्ष अभिनेता र अभिनेत्रीहरू वेब सिरिजमा आबद्ध हुँदै गएका छन् । पछिल्लो समयमा अभिनेत्री सामन्था प्रभुको निखारिएका कलाकारिताका कारण वेव सिरिज अझ उज्यालिन पुगेको छ ।
ओटीटी प्लेटफर्ममा सिनेमाले भन्दा राम्रो व्यापार वेभ सिरिजले गरिरहेको छ । वेभ सिरिजमा महङ्गो पारिश्रमिक लिएर अभिनेता अभिनेत्रीहरु देखा परिरहेका छन् । यसले फिल्म जगतमा नयाँ आयाम लिन थालेको छ ।
विश्वका फिल्मका शीर्ष अभिनेता र अभिनेत्रीहरू वेब सिरिजको अभिन्न हिस्सा हुन थालिसकेका छन् । विगतमा बलिउडका शीर्ष अभिनेता अजय देवगन देखि अभिनेत्री सुस्मिता सेन, काजोल, माधुरी दीक्षितसम्म ओटिटी प्लेटफर्मका रोजाइमा परेका थिए ।
कमाइ र रमाइ दुवै हुने यो सिरिजमा सोनाक्षी सिन्हा पनि प्रवेश गर्न हिच्किचाइनन् । उनले निकै महंगो पारिश्रमिक पनि लिएकी थिइन् । उनले ओटीटी फिल्म ‘दहड’ मा अभिनय गरे वापत लिएको ४ करोड पारिश्रमिक पछिल्लो समय चर्चामा छ ।
समय समयमा चार्चामा रहने सुस्मिता सेनले वेव सिरिजका हरेक नयाँ फिल्ममा न्युनतम् २ करोड पारिश्रमिक लिने गरेकी छन् । तर पछिल्लो समयमा दक्षिण भारतीय अभिनेत्री समान्था ‘ओटीटी क्वीन’ का रूपमा उदाएर सेनलाई उछिनेकी छिन् ।
ओटीटी प्लेटफर्मकी ‘हिट’ उनी भारतसहित अन्य देशमा पनि चर्चामा छिन् । अन्तर्राष्ट्रिय सिरिज ‘सिटाडेल’ आवद्ध भएपछि उनको चर्चाको शिखरले उचाइ लिँदै गएको छ ।
उनले अहिले हरेक नयाँ फिल्मका लागि १० करोड भारु लिँदै आएकी छिन् । यो हालसम्म कुनै पनि भारतीय नायिकाले लिने गरेको भन्दा निकै महङ्गो पारिश्रमिक हो ।