गर्मी मौसममा डिहाइड्रेसनबाट बच्नका लागि आफ्नो खानपिनमा विशेष ध्यान दिन आवश्यक छ । भोक नलाग्नु र धेरै पसिना आउने कारण शरिरको तापक्रम साधारण हुँदैन र थुप्रै रोग लाग्न सक्ने सम्भावना हुन्छ, त्यसैले गर्मिमा आवश्यकता अनुसार कमसेकम ३ देखि ५ लिटरसम्म पानी पिउनै पर्छ ।
गर्मी मौसममा शरीरबाट धेरै पसिना निस्किएसँगै शरीरमा पानीको मात्रा कम हुन्छ र जलवियोजनको खतरा हुन सक्छ । त्यसैले गर्मीमा खानपिनमा निकै विचार पुर्याउनुपर्छ । पानीको मात्रा अत्यधिक भएका चिज खानुपर्छ ।
गर्मी मौसममा खानैपर्ने खानेकुरा
पानी-गर्मीमा प्रशस्त पानी पिइएन भने डिहाइड्रेसन हुन्छ । गर्मी महिनामा घामको सिधा असर हुने भएकाले शरिरलाई अत्यधिक पानीको आवश्यकता पर्दछ । यसर्थ, आफ्नै घरमा सफा गरिएको अथवा उमालेको पानी बोत्तलमा बोकेर हिँड्ने र पानी पिइरहने गर्दा सबैभन्दा उत्तम हुन्छ ।
स्याउ – स्याउमा पानीको मात्रा बढी हुन्छ । स्याउमा फाइबर पनि प्रशस्त पाइन्छ । स्याउ भिटामिन ‘सी’को राम्रो पनि हो । गर्मीमा स्याउ सेवनले निकै फाइदा गर्छ ।
दही – शरीरमा पानीको अभावले हुने ‘डिहाइड्रेसन’बाट बच्न यो मौसममा सबैभन्दा राम्रो खानाको विकल्प हो, दही । दहीमा ८५ प्रतिशत पानी हुन्छ । साथै प्रोटिन, भिटामिन बी र क्याल्सियम पनि प्राप्त गर्न सकिन्छ ।
खरबुजा-खरबुजा पनि गर्मीको मौशममा प्रशस्त पाइन्छ । शरीरमा डिहाइड्रेसन भयो भने दिमाग बोधो हुने र मुड ठीक नहुने समस्या हुने भएकाले प्रशस्त पानी भएका यस्ता फलफुलको प्रयोग आवश्यक छ । गर्मीमा पिसाब र पसिना मार्फत शरीरमा रहेको पानी बढी मात्रामा निकास हुने भएकाले पानीको मात्रा बढी भएको खरबुजा जस्ता फलफूल नियमित खाने प्रयास गर्नुपर्छ ।
गाजर-त्यस्तै एउटा अनुसन्धानले एक कप गाजरको जुस १० देखि १२ हप्तासम्म नियमित खाने मानिसको छालामा घाममा पाइने विकिरणले हानि पुर्याउने जोखिम ५० प्रतिशत कम भएको पत्ता लगाएको थियो। सिधै गाजर खाँदा त झनै राम्रो। तर ख्याल गर्नुहोस्, गाजरमा विभिन्न चिरा परेका ठाउँमा फोहरहरु रहने भएकाले तीनलाई राम्रोसँग खुर्केर र पखालेर मात्र खानु होला।