• चैत्र २७ २०८१, बिहीबार

‘महाभारत’का ‘शकुनी मामा’ गुफी पेन्टलको निधन

जेष्ठ २२ २०८०, सोमबार

काठमाडौं । महाभारतमा शकुनी मामाको भूमिका निभाउने चर्चित अभिनेता गुफी पेन्टलको निधन भएको छ।

गुफी पेन्टालको ७८ वर्षको उमेरमा निधन भएको हो। उनका भतिजा हितेन पेन्टलले आफ्नो इन्स्टाग्राम अकाउन्टमा जानकारी दिएका छन्। गुफी पेन्टलका मूल सरबजीत सिंह पेन्टाल थिए।


Advertisement

उनको जन्म अक्टोबर ४, १९४४ मा तर्नतारन, पञ्जाबमा भएको थियो। उनी बलिउडका चर्चित अभिनेता पेन्टलका दाजु हुन्। उनी पेशाले इन्जिनियर थिए। उनी सन् १९६९ मा मुम्बई आएका थिए र प्रारम्भिक दिनमा मोडलिङमा हात हालेका थिए।