• मंसिर ११ २०८१, मंगलवार

‘आरआरआर’ अभिनेता रे स्टिभेन्सनको निधन

जेष्ठ ९ २०८०, मंगलवार

काठमाडौं । ‘आरआरआर’ अभिनेता रे स्टिभेन्सनको निधन भएको छ।

रे स्टिभेन्सनले ‘आरआरआर’ फिल्ममा ब्रिटिश गभर्नरको भूमिका निभाएका थिए। यसबाहेक उनी फिल्म ‘थोर’मा पनि देखिएका थिए। यद्यपि ५८ वर्षीय अभिनेताको मृत्युको कारण भने खुलाइएको छैन।

रे स्टिभेन्सनको आइतबार निधन भएको हो। ‘आरआरआर’को क्यारेक्टरका कारण भारतमा पनि उनको राम्रो पहिचान भयो। फिल्मबाहेक अलावा रे स्टिभेन्सन टिभीको दुनियाँमा पनि निकै सक्रिय थिए।

रे स्टीभेन्सनको पूरा नाम जर्ज रेमन्ड स्टीभेन्सन थियो। उनी मे २५, १९६४ मा उत्तरी आयरल्याण्डको लिस्बर्नमा जन्मिएका थिए। रे फिल्म ‘किंग आर्थर’मा देखा परेका थिए र रोम (२००५–२००७) शृङ्खलामा टाइटस पुलोको भूमिका निभाएका थिए।

यस बाहेक उनी किल द आयरिशम्यान (२०११) र आरआरआर (२०२२) जस्ता फिल्मका लागि पनि परिचित थिए। रे स्टिभेन्सनले डेक्सटर, ब्ल्याकबर्ड र ब्ल्याक सेल्स जस्ता वेब सिरिजमा काम गरेका थिए। रे स्टिभेन्सनले आफ्नो करिअर १९९८मा ‘द थ्योरी अफ फ्लाइट’बाट सुरु गरेका थिए। फिल्ममा उनको सानो भूमिका थियो। रे स्टिभेन्सनको २१ मेमा निधन भएको जनाइएको छ। उनी इटालीको क्यासिनोमा सुटिङ गरिरहेका थिए। उनको ५९औं जन्मदिनको चार दिनअघि नै निधन भएको थियो।

‘आरआरआर’ निर्देशक एसएस राजामौलीले रे स्टिभेन्सनको मृत्युमा ट्वीट गर्दै लेखेका छन्, ‘आश्चर्यजनक… यो खबर पत्याउन सक्दिनँ। रे सेटमा आफूसँग धेरै ऊर्जा लिएर आउनुहुन्थ्यो। उनीसँग काम गर्नु एक अद्भुत अनुभव थियो। हाम्रो प्रार्थना उहाँको परिवारसँग छ। उहाँको आत्माले शान्ति पाओस्।’