• मंसिर ११ २०८१, मंगलवार

प्रत्येक पालिकामा उत्पादन केन्द्र र सितभण्डार स्थापना गरिने

जेष्ठ ५ २०८०, शुक्रबार

काठमाडौँ । सरकारले कृषि उत्पादन र प्रवर्द्धनमा विशेष महत्व दिँदै प्रत्येक पालिकामा एक एक वटा सितभण्डारणसहित उत्पादन केन्द्र बनाउने जनाएको छ ।

आगामी आर्थिक वर्षको बजेटमार्फत् दुर्गम क्षेत्रमा खाद्यान्नको सहज आपूर्तिसहित खाद्यान्न भण्डारणको क्षमता वृद्धि गर्ने जनाएको छ ।

कृषि उत्पादन, मल बिऊबिजनको सहज उपलब्धतासहित कृषि उत्पादनको न्यूनतम समर्थन मूल्य तोकिने सरकारले जनाएको छ ।
भूमिको चक्लाबन्दीलाई विशेष प्रोत्साहन गरिने समेत सरकारले जनाएको छ ।