• आश्विन १४ २०८१, सोमबार

नाटक आधा अपुरो मंञ्चन हुँदै

बैशाख ३१ २०८०, आईतवार

काठमाडौँ । आगामी जेठ ५ गतेदेखि २२ गतेसम्म गुरुकुलमा नाटक आधा अपूरो मञ्चन हुँदै छ ।

निर्देशक शंकर पोखरेलद्धारा निर्देशित सो नाटक काठमाडौँको थापागाँउस्थित आरोहण गुरुकुल (कुञ्ज नाटकघर)मा १८ दिन मञ्जन हुन लागेको हो ।

नाटक सोमबार बाहेक अरु सबै दिन साँझ ५ बजे मञ्चन हुने निर्देशक पोखरेलले जानकारी दिए । सो नाटक शनिबार दिउँसो १ बजे पनि मञ्चन हुने पोखरेलले बताए ।

उक्त नाटक भारतीय साहित्यकार मोहन राकेशले लेखेका हुन् । नाटकले कोहि पनि मानिस पूर्ण रुपमा सक्षम हुँदैनन् भन्ने सन्देश दिन खोजेको निर्देशक पोखरेल बताउँछन् ।