• आश्विन १४ २०८१, सोमबार

भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै सत्तारुढ दल निकट विद्यार्थी संगठन सडकमा

बैशाख २८ २०८०, बिहीबार

काठमाडौँ । भ्रष्टाचारीलाई कानूनी दायरमा ल्याउन माग गर्दै सत्तारुढ दल निकट विद्यार्थी संगठन सडक आन्दोलन उत्रिएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा भ्रष्टाचारको आरोपमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वमन्त्री टोपबहादुर रायमाझी लगायतका नेताहरुको नाम बाहिर आइरहेका बेला विद्यार्थी स‌गठनले भ्रष्टाचारीलाई कानूनी दायरमा ल्याउन जोड दिएका हुन् ।

विद्यार्थीहरुको आन्दोलनमा देश विकाश गर्न भ्रष्टाचारीलाई कारबाहि गरौँ,अघि बढ प्रचण्ड जनता तिम्रो साथमा छन् लगायतका प्ले कार्डहरु प्रदर्शन गरेका थिए । आन्दोलनमा अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिँहले प्रधानमन्त्रलाई संकेत गर्दै आगामी दिनमा भ्रष्टाचारमुक्त देश बनाई देश विकासमा टेवा पुर्याउन आग्रह गरेकी छिन्।

त्यसैगरी अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले सरकारले सत्ता गठबन्धनकै भित्रकै महत्वपूर्ण मान्छे पूर्व गृहमन्त्रीलाई जेल हाल्न साहस गरेकोमा गर्व महसुस गर्दै अर्घाखाँचीका टोपबहादुर रायमाझी बालकोटमा लुकेको आशंका गर्दै २४ घण्टाभित्र पुलिसको हतकडीमा पुर्याउन एमाले अध्यक्ष ओलीलाई हिम्मत गर्न भनेका छन् । यति,ओम्नी आदिको नाममा भ्रष्टचार गर्ने ओलीको मन्त्रीमण्डलका सम्पूर्ण मन्त्रीहरुलाई कारबाहि गर्न हिम्मत र आँट गर्न अनुरोध गरेका छन् ।

ने.बि संघका प्रतिनिधि दिनेश शाहिले भ्रष्टाचारको मुद्धामा कोहि पनि दोषी उम्किनु नहुने र निर्दोश फस्नु नहुनेमा नेपाल विद्यार्थी सँघ स्ष्ट भएको बताएमा छन् । विद्यार्थी संगठनहरु नेपाली काँग्रेस सम्मेलित प्रचण्डको नेतृत्वको सरकारलाई सरकारलाई साथ दिन तयार रहेको बताए ।