• मंसिर ११ २०८१, मंगलवार

डर्‍यान्टजस्तै सफल बन्नूस्

बैशाख १८ २०८०, सोमबार

डर्‍यान्ट जोडी बीसौँ शताब्दीका वेस्ट सेलर किताव लेख्ने अमेरिकी दम्पत्ति हुन् । यिनीहरूको जीवन निकै सिर्जनात्मक र आशावादी रह्यो ।
पेसाका हिसाबले शिक्षक रहेका विल डर्‍यान्टको पश्चिमी दर्शनशास्त्रको आधारभूत पुस्तक ‘स्टोरी अफ फिलोसोफी’ ९० वर्षदेखि बेस्ट सेलर रहँदै आयो ।

यो पुस्तक सन् १९२६ मा प्रकाशित भएको थियो । तर प्रकाशनको ३ वर्षमै लाखौँप्रति बिक्रि भएर सबैलाई आश्चर्य चकित पारेको थियो । यो पुस्तकको बिक्रिले डर्‍यान्ट परिवारलाई आर्थिक उन्मुक्ति दिलायो ।

यसले उनीहरूलाई शैक्षिक तथा प्राज्ञिक क्षेत्रमा अझै ढुक्क भएर लाग्न प्रेरित गरिरह्यो । हुन पनि त्यस्तै भयो । आर्थिक रूपले उन्मुक्ति पाएसँगै उनीहरू सभ्यताको कथा लेखनमा जुटे ।

सन् १९१२ मा नै उक्त कथा लेख्ने सोच डर्‍यान्ट दम्पत्तिमा जन्मिए पनि यसले केही लामो समय लियो । इतिहासको ज्ञान नहुनेहरू उही कुरा दोहर्‍याइतेहर्‍याइ गर्छन् भन्ने मान्यता राख्ने डर्‍यान्ट दम्पत्ति यो अज्ञानता र विभ्रमको अन्त्य गर्न चाहन्थे, त्यो पनि आफैले बाटो देखाएर ।

डर्‍यान्ट दम्पत्तिले यस कामको थालनी गरेपछि ‘स्टोरी अफ सिभिलाइजेसन’का ११वटा पुस्तक लेखिए । यी सबै युरोपेली सभ्याताका ऐतिहासिक कथा हुन् । तर आश्चर्य के छ भने यस सभ्यताको ऐतिहासिक कथामध्ये पहिलो पुस्तक पूर्वीय सभ्यताका बारेमा छ ।

पछिल्ला १० पुस्तकमा चाहिँ युरोपका ऐतिहासिक कथा उनिएका छन् । यसमा ग्रिस, रोम, इसाई धर्म, मध्ययुग, पुनर्जागरण, पुनर्निमाण, फ्रान्सेली राज्यक्रान्ति, तथा विज्ञान तथा प्रविधिको चमत्कारपूर्ण कथाहरु छन् । भएको हो ।

‘ओरिएन्टल सिभिलाइजेसन’ अर्थात् पूर्वीय सभ्याता भनेर लेखेको पहिलो ठेली ले सन् १९३५ मा प्रकाशित भएको हो । यसपछि पूरै युरोप फनफनी घुमेको उनको लेखन श्रृङ्खला सन् १९७५ मा ‘एज अफ नेपोलियन’ पुस्तक प्रकाशनपछि इतिश्री हुन गएको छ ।

सन् १९७५ मा विल डर्‍यान्ट ९० वर्ष पुगिसक्दा पत्नी अरिएल ७७ वर्ष टेकेकी थिइन् । उनीहरूको ५० वर्षको दाम्पत्य सहजीवनमा अन्य थुप्रै पुस्तक पनि प्रकाशन गरेर ख्याती कमाए । अघिल्ला पुस्तक सबै इतिहास र दर्शनसँग सम्बन्धित छन् ।

दर्शन नै जीवन दर्शको आधार मान्ने डर्‍यान्ट दम्पत्तिले इतिहासलाई पनि दर्शनशास्त्रीय आवरण र फ्लेभरमा लेपन गर्दछन् । उनीहरूको बुझाइमा मानिस र मानिस वपिरिको वातावरण वा जगतको बुझाइ नै जीवन दर्शन हो ।

उनीहरूका अनुसार जीवन र जगतलाई बुझ्ने दुई परिपूरक कोण छन् : विज्ञान र इतिहास । उनीहरूको निष्कर्ष छ, ‘सत्यले मात्र मानिसलाई मुक्ति दिन्छ ।’

यी दम्पत्ति फ्रेन्च, अङ्ग्रेजी, ग्रिक, ल्याटिन लगायत भाषामा निपूर्ण थिए । यो दम्पत्ति युक्रेनबाट बेलायतहुँदै अमेरिका पुगेको थियो । विल र एरियलको भेट विद्यालयमा पढ्दै गर्दा भएको थियो ।

एरियल क्याथोलिक धर्म निकट रहे पनि विल भने धर्मनिरपेक्षजस्ता थिए । बिललाई चाल्र्स डार्बिनको क्रम विकासको सिद्धान्तले राम्रो प्रभाव पारेको थियो । न्युटनजस्ता वैज्ञानिकको प्रभाव त ज्यादै थियो ।

धेरै पुस्तक दम्पत्तिको सहलेखन भए पनि मेन्सन्स अफ फिलसोफी, एडभेन्चर्स इन जिनियस आदि विलका एकल कृतिका रूपमा चिनिन्छन् ।