• आश्विन १४ २०८१, सोमबार

महावीर पुनको आन्दोलनलाई मगर संघको समर्थन

बैशाख १८ २०८०, सोमबार

काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको नेतृत्वमा काठमाडौँको माइतीघरमा जारी आन्दोलनमा नेपाल मगर संघले ऐक्यबद्धता जनाएको छ।

माइतीघर मण्डलास्थित चार दिनदेखि जारी आन्दोलनलाई नेपाल मगर संघको टोलीले ऐक्यबद्धता जनाएको हो । पुनले अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रमा सरकारसँग चार बुँदे माग राखेका छन् । सडकमै टेन्ट हालेर चार दिनदेखि भद्र आन्दोलन गर्दै आएका पुनले संघ र प्रदेश सरकारले आफ्नो बजेटको १ प्रतिशतअनुसन्धान र नवप्रवर्तन कोष बनाएर राख्नुपर्ने माग राखेका छन् ।

साथै उनले अनुसन्धान र नवप्रवर्तन , आविष्कार प्रबद्र्धन तथा संचालन एवं खरिद ऐन बनाउनुपर्ने, नव प्रवर्तनलाई सरकारले नीति ,नियम र कानुन बनाएर व्यवजसायिक बनाउन सहजीकरण गर्नुपर्ने,विश्वविद्यालयमा व्यवहारिक अनुसन्धान र नवप्रवर्तन विभाग बनाउनुपर्ने लगायत चार बुँदे माग राखेका छन् ।