• मंसिर १२ २०८१, बुधबार

आर्थिक लेनदेनमा विवादका कारण ‘नाइँ नभन्नु ल–६’को प्रदर्शन स्थगित

चैत्र २८ २०७९, मंगलवार

काठमाडौं । चलचित्र ‘नाइँ नभन्नु ल ६’ निर्धारित मितिमा प्रदर्शन हुन नसक्ने भएको छ । आगामी वैशाख १ गतेका लागि प्रदर्शन मिति तोकिए पनि आर्थिक लेनदेन विवादका कारण चलचित्रको प्रदर्शन रोकिएको हो ।

निर्माता सञ्जय न्यौपानेविरुद्ध अर्का निर्माता शर्मिला पाण्डेले चलचित्र विकास बोर्डमा उजुरी दिएपछि निर्धारित मितिमा हुने भनिएको चलचित्र प्रदर्शनी रोकिएको चलचित्रका निर्देशक विकासराज आचार्यले जानकारी दिए ।

‘तोकिएको मितिमा चलचित्र प्रदर्शन गर्न हुन सकेन, अब नयाँ मिति तय भएपछि चलचित्र प्रदर्शन गर्छौं, निर्देशक आचार्यले भने ।
विवाद समाधानका लागि दुवै निर्मातालाई छलफलका लागि बोलाइएको बोर्ड सदस्य रवि अधिकारीले जानकारी दिए ।

‘हामीले चलचित्र जाँचपासका लागि सिफारिस रोकेका होइनौँ । लेनदेनमा देखिएको समस्या समधान गर्न आग्रह गरेका हौैं,’ उनले भने ।

यसअघि गत साता चलचित्र ‘प्रसाद २’ को प्रदर्शनीमा पनि आर्थक लेनदेनको विवादका कारण अन्योल भएको थियो ।