• आश्विन १४ २०८१, सोमबार

कृत्रिम खुट्टाको सहयोगमा राेल्पाका हरि बुढामगर सगरमाथा आरोहण गर्दै

चैत्र २२ २०७९, बुधबार

काठमाडौँ । कृत्रिम खुट्टाको सहायताले भूतपूर्व  गाेर्खा सैनिक हरि बुढामगर विश्वकाे सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न सोलुखुम्बु जाँदैछन् । आज बुधबार उनी पाँच वर्षको लामो पर्खाईपछि सगरमाथा आरोहण गर्न लागेका हुन् ।

गत सोमबार जावलाखेलस्थित रिडी लाउञ्जमा नेपाल मगर संघ केन्द्रिय समितिको आयोजना र रिडीको सहयोगमा कार्यक्रम आयोजना गरी बुढामगरलाई सफल सगरमाथा आरोहनको लागि शुभकामना दिइयो ।

कार्यक्रममा अन्तराष्ट्रिय मगर महासंघका अध्ययक्ष नवीन रोकामगर, नेपाल मगर संघ केन्द्रिय समितका अध्यक्ष ज्ञानेन्द्र पुनमगर, नेपाल मगर महिला संघका अध्ययक्ष हिरु रानामगर , अधिवक्ता गौबहादुर पुनमगरले पनि शुभकामना दिएका थिए । त्यसैगरी रिडी ग्रुपका अध्यक्ष मानबहादुर बुढामगर र रिडी लाउञ्ज संचालक समितिका अध्यक्ष झकेन्द्र घर्ती मगमगरले पनि शुभकामना दिए ।

हरि बुढा २०३६ साल साउन १४ गते रोल्पाको मिरुलमा जन्मिएका हुन् । उनी नेपाल मगर विद्यार्थी संघ रोल्पाका सदस्य थिए । उनी ब्रिटिस आर्मीमा वि.सं १०५५ सालमा भर्ति भएका थिए । तर २०१० सालको विद्युतीय धरापमा परी उनले अफ्गानिस्तानको युद्धमा घुडामुनिको दुवै खुट्टा गुमाए । आफ्नो अशक्ततालाई हतियार बनाई उनले विश्वका थुप्रै हिमाल आरोह गरिसकेका छन् ।

उनले युनाइटेड किङडमको अग्लो हिमाल केन नेभिस्,अफ्रिकाको सबैभन्दा अग्लो हिमाल किलिमान्जारो, फ्रान्सको सबैभन्दा अग्लो हिमाल मन्ट बेन्स र नेपालको अन्नपूर्ण हिमाल आरोहण गरी किर्तीमान कायम गरेका छन् ।

कार्यक्रममा उनलाई बधाई दिन हास्यकलाकार खबपु पनि कार्यक्रममा उपस्थित थिए । साथै विभिन्न मगर संघ संस्थामा आबद्ध बव्यक्तिहरुले उनलाई शुभकामना दिएका थिए ।