• फाल्गुन २४ २०८२, आईतवार

पल शाहले दाङमा पत्रकार सम्मेलन गरेर जेल जीवनका बारेमा के भने ?

चैत्र १३ २०७९, सोमबार

चैत्र १३ दाङ । नेपाली चलचित्र क्षेत्रका अभिनेता पल शाहले दर्शकको साथ र मायाले आफूलाई चलचित्र क्षेत्रमा लाग्न नयाँ जोस र जाँगर पलाएको बताएका छन् । दर्शकले गरेको माया र सद्भावलाई आत्मसाथ गरी अगाडि बढ्ने उनको भनाइ छ ।

चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाले शनिबार घोराहीमा गरेको स्वागत, सम्मान तथा साक्षात्कारमा कार्यक्रममा बोल्दै शाहले यस्तो बताएका हुन् । उनले भने,‘विगत एक वर्षदेखि आफू ओझेलमा परेको भएपनि दर्शक र गृह जिल्लावासीले गरेको माया र साथलाई कहिले पनि भुल्दिन ।’

अभिनेता शाहले दर्शकको मायालाई आत्मसाथ गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले जेलमा रहँदा पनि आफूलाई विभिन्न क्षेत्रबाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा माया गर्ने दर्शकहरुलाई धन्यवाद पनि दिए ।

चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाका अध्यक्ष सन्तोष केसीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका निवर्तमान उपाध्यक्ष लीला शाह, नेपाल पत्रकार महासंघ दाङका सचिव आरके शितल, नेपाल पत्रकार महासंघ दाङका सहसचिव दीप्तिशिखा चौधरी, चलचित्र पत्रकार संघ दाङका सल्लाहकार शरद रेग्मी लगायतकाले आआफ्नो धारणा राखेका थिए ।

कार्यक्रमको सहजीकरण संघका सचिव निरला अर्यालले गरेकी थिइन् ।