• मंसिर १७ २०८१, सोमबार

विरूवाले किन मासु खान्छ ?

चैत्र १२ २०७९, आईतवार

केही विरूवा मासुखाने प्रजातिका हुन्छन् । उनीहरूको प्रजातीय गुणका आधारमा मांस भोजन आवश्यकता पर्छ । ती विरूवामा एक भिन्न किसिमको रसायन पाइन्छ । त्यो रसायन उनीहरूको जीनमा रहेको हुन्छ ।

यसै रसायन आपूर्तिका लागि ती विरूवाहरूले मासु खान्छन् । यसका लागि ती विरूवामा फूल्ने फूल नै मांसआहार प्राप्तिका लागि ढोक्सा वा ढडिया बन्दछन् । मांसआहारबाट ती विरूवाले बढ्नका लागि आवश्यक तत्व र प्रजननका लागि शक्ति प्राप्त गर्दछन् ।

अरू सामान्य विरूवाले जमिनबाट प्राप्त गर्ने मिनरल, पानी, सूर्यबाट प्राप्त गर्ने शक्ति, वायुबाट प्राप्त गर्ने अक्सिजन र कार्वनडायोक्साइड जस्तै यी विरूवालाई ती सबै कुराको आवश्यकता पर्छ । तर पनि यस अतिरिक्त मांसहारी विरूवालाई मांस भोजन जरूरी हुन्छ ।

यसैका परिपूर्तिका लागि ती विरूवाले कीराफट्याङग्रा, मुसा तथा ससाना चराहरू र सर्पहरूसमेत् खाने गर्दछन् । कीराफट्याङ्ग्रा तथा चरा वा मुसा खानका लागि यी विरूवाको भने जनावरको जस्तो मुख भने हुँदैन ।

मासु खानका लागि दाँत र भोजननली पनि हुँदैन । यी विरूवामा फूलेका फूलहरूमा कीराफट्याङ्ग्रा वा चरामुसा आएको चाल पाउने संवेदनशील क्षमता हुन्छ । चरा र मुसा आएको थाह पाएपछि यी समात्नका लागि क्रियाशील रहन्छन् ।

कीरा वा चरामुसाले फूलहरूमा चिप्किएर रहने गुलियो मह वा रस चाट्न वा खान थालेपछि फूल क्रमशः खुम्चिदै आएर फूलको वरपर हरेका चिप्किने रससहित एक्कासी च्याप्प समाउन पुग्दछ ।

यति बेलासम्म फूलभित्र परेका यी कीराहरू ती विरूवाको आहारा बनिसकेको हुन्छ । विरूवाले कीरा वा चरा समातिसकेपछि समातिएको आहारा पूर्णरूपमा नपच्दासम्म खुल्दैनन् ।

जब समातिएको आहारा पचिसक्छ, तब ती फूलहरू फेरि खुल्न र फूलेको जस्तै फक्रन थाल्दछन् । मासु पचाउँदै गर्दा यी विरूवाले आफूहरूलाई आवश्यक पर्ने प्रोटिन, भिटामिन, एसिड र हार्मोनहरू प्राप्त गर्दछन् ।

विरूवाका कीरा पचाउने यी फूलहरू ‘केमिकल फ्याक्ट्री’ जस्तै हुन् । यी केमिकल फ्याक्ट्रीबाट नाइट्रोजन, फस्फरस र पोटासियमका साथै आइरन र अन्य तत्वहरूको आपूर्ति हुन्छ ।