• मंसिर ११ २०८१, मंगलवार

क्षयरोग कसरी लाग्छ ? यसको नियन्त्रण कसरी गर्ने ?

चैत्र ११ २०७९, शनिबार

विश्वभर प्रदुषित वातावरण र विभिन्न खानपानका कारण विभिन्न रोगहरुको संक्रमण बढ्दै गइरहेको छ । विश्वभरि नेपाल लगायत विभिन्न देशहरुमा क्षयरोगका बिरामीहरू देखा परेका छन् ।

हरेक वर्ष मार्च २४ का दिन अन्तर्राष्ट्रिय क्षयरोग दिवस मनाइन्छ । सामान्य बोलीचालीको भाषामा क्षयरोगलाई टिबी भनेर चिनिन्छ । यसको पूणर् रूप चाहिँ तगदभचअगयिकष्क हो । यो रोग प्राचीन कालदेखि नै मानव समुदायमा रहेको र विभिन्न समयमा यसले व्यक्तिहरूलाई संक्रमणित गरिरह्यो । प्राचीन कालदेखि अहिलेसम्म यसको संक्रमणबाट मुक्त हुन सकेको छैन ।

सन् १८८२ मार्च २४ मा डा.रोर्वट कोचले क्षयरोगको किटाणु पत्ता लगाएका थिए । त्यसको सय वर्षपछि सन् १९८२ मार्च २४ यो दिवसलाई विश्वभर मनाउन थालिएको हो । क्षयरोग माइकोब्यक्टेरियम टयुबरक्लोसिस नामको ब्याक्टेरियाको कारणले लाग्नेगर्छ । यसले सबैभन्दा छिटो फोक्सोमा आक्रमण गर्नका साथै शारिरीक अन्य भागहरुमा असर गर्दछ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा प्रत्यक वर्ष ४५ हजार नयाँ क्षयरोगीका बिरामी थपिन्छन् । गत वर्ष नयाँ र पुराना गरि नेपालमा करिब ६० हजार क्षयरोगी रहेको केन्द्रको तथ्यांकमा उल्लेख छ । कुल मृत्यु हुने रोगमध्ये क्षयरोग सातौं नम्बरमा रहेको छ । क्षयरोगबाट दैनिक १८ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख छ ।

विशेषगरि यो रोग रगत, खकार, छाला परिक्षणबाट पत्ता लगाउन सकिन्छ । क्षयरोग १५ देखि ४९ वर्ष उमेर समूहको व्यक्तिमा धेरै देखिन्छ । नेपालीमा क्षयरोगको उपचारको लागि ३ भन्दा बढी स्वास्थ केन्द्रहरू रहेका छन् । जहाँबाट निःशुल्क उपचार हुँदै आएको छ ।

क्षयरोगको लक्षणहरु :
– शरिरीकको तौल घट्ने ।
-सुक्खा खोकी लागि रहने ।
-राति ज्वरा तथा पसिना आउने ।
-मुख सुक्खा हुने ।
– खाना मन नलाग्ने
-खकारमा रगत देखिने ।
– सास फेर्न गह्रो हुने ।

सर्ने माध्यम :
-स्वास प्रश्वको माध्यमबाट ।
– हाँछुयु गर्दा वा खोक्दा ।

रोगथामका उपाय :
-सुर्तीजन्य पदार्थ सेवन नगर्ने ।
-झाड, रक्सीबाट टाढा रहने ।
-दुई हप्ता भन्दा बढी ज्वरो आए स्वास्थ्य परीक्षण गर्ने ।
-स्वास्थ्यकर्मीको सल्लाह अनुसार औषधि सेवन गर्ने ।
-खानपिनमा ध्यान दिने ।

आजको मेडिकल विज्ञान लगायत उपाचार पद्धतिको यो उचाइसम्म पुग्दा पनि विश्व जनसंख्याको एक तिहाई जनसंख्या क्षयरोगको जोखिमा रहेको देखिन छ । विकासोन्मुख देशहरू यो जोखिम बढेर ९० प्रतिशत पुगेको छ ।

नेपालीमा क्षयरोग न्यूनीकरण गर्न के गर्ने ?
विश्वको मेडिकल विज्ञान पद्धति र शैक्षिक अवस्थालाई हेर्दा चमत्कार भए झैं लागे पनि नेपालीमा भने रूढीबाढी परम्पराले नै जरो गाडेको अवस्था छ । व्यक्ति रोगको संक्रमण सँग लडिरहदा धाँमी, झाँक्री, माताका जाने पशुहरू बलि चढाउने परम्पराले गर्दा कतिपय व्यक्तिहरूले ज्यान गुमाउन बाध्य भएका छन् ।

मनिसहरुलाई औषधि उपचारमा भन्दा पनि धाँमी, झाँक्री र झारफुकमा लाग्छ भने नेपालीको ग्रामीण भेगमा औषधि उपचारको अभावमा ज्यान गुमाइरहेका छन् । नेपालीमा क्षयरोगको उपाचर निःशुल्क गरे पनि यस बारे धरै मानिसहरू जानकार छैनन् ।

नेपालीको दुर्गम ठाउँहरुमा क्षयरोग सम्बन्धि विभिन्न कार्यक्रमहरु लैजाने, क्षयरोग उपचार गरेको खण्डमा निको हुन्छ र क्षयरोगको लक्षण सार्ने तरिका, रोगथामको उपाय र सरकारले क्षयरोगको उपचार निःशुल्क गरिन्छ भन्ने खालका जन चेतनामूलक कार्यक्रमहरु गर्ने अधिराज्य भरको ७७ ओटै जिल्लामा भइरहेको निःशुल्क उपाचारलाई थप प्रभावकारी गर्दै लैजाने हो भने भविष्यमा क्षयरोगको न्यूनीकरण गर्न सकिन्छ ।